
दाताको भरमा झापाकाे ७२ वर्ष पुरानो गौशाला
- असार १३, २०८० मा प्रकाशित
झापा । झापाको पुरानो गौशालाको रुपमा परिचित भद्रपुर गौशाला अझै दाताकैभरमा सञ्चालनमा छ । अपाङ, अशक्त र बुढा गाईलाई संरक्षण गर्ने उद्देश्यले २००९ सालमा स्थापना गरिएको उक्त गौशालालाई सरकारीस्तरबाट सहयोग नहुँदा दाताकैभरबाट सञ्चालन भएको हो ।
गौशालाको सुरुआत भद्रपुरका भवानीशङ्कर मित्रुका, मुक्तिध्वज जोशी, जनार्दन शर्मा र जगदीश मिण्डाले गरेका हुन् । गौशाला व्यवस्थान समितिका अध्यक्ष राजेन्द्रप्रसाद चापागाईंका अनुसार गौशाला सञ्चालनका लागि तत्कालीन समयमा भद्रपुरमा स्व. मित्रुकाले २५ बिघा, जोशीले तीन बिघा र शर्माले साढे तीन कठ्ठा जग्गा निःशुल्क प्रदान गरेका थिए । आठ कठ्ठा जग्गा शर्माबाट खरिद गरिएको थियो ।
सोही जग्गामध्ये भद्रपुर नगरपालिका–५ मा साढे ११ कठ्ठा जग्गामा गौशाला सञ्चालनमा आएको छ । अन्य २० बिघा जमिन ठेक्कामा लगाइएको छ भने बाँकी छ बिघामा गौशाला सार्ने तयारी भइरहेको अध्यक्ष चापागाईंले बताए । गोठमा हाल एक सय १३ उन्नत र स्थानीय जातका गाईबाच्छा छन् । गौशालामा भएका गाईमध्ये शिवसताक्षी धामस्थित गोलक गोवद्र्धन गौशालाका प्रमुख नन्दकिशोर भारद्वाजको सहयोगमा केही वर्षअघि दिल्लीबाट ल्याइएका उन्नत जातका जर्सी, गीरा, साइबल, हरियाना र इलामे जातका गाई छन् । हाल झापामा दुई गौशाला छन् ।
यिनै गाईको दूधबाट वार्षिक रुपमा गौशालाले रु २४ लाख र गोबर बिक्रीबाट रु छ लाख आम्दानी भइरहेको छ । चापागाईंका अनुसार गौशाला सञ्चालनका लागि वार्षिक रु ७२ लाख खर्च हुने गरेको छ । उनले गाईवस्तुको हेरचाहमा दैनिक १० जना तथा एक पशु चिकित्सकलाई मासिक तलब दिएर राखेको बताए । गाईको दाना, पराल, बिरामी हुँदा उपचार र कर्मचारी खर्चमा वार्षिक रु ७२ लाख खर्च हुने गरेको चापागाईंले बताए ।
गोठ आधुनिक खालको छ । हरेक गाईका डुढमा पानीको धारा जडान गरिएको छ । गाईलाई गर्मी र लामखुट्टेबाट जोगाउनका लागि पङ्खाको समेत व्यवस्था गरिएको छ । यी सबै संरचना दाताको सहयोगबाट नै बनेको उनको भनाइ छ । ‘सेवा नै धर्म हो भन्ने हाम्रो अभिप्राय हो’, चापागाईंले भने, ‘तर खर्चले धान्नै गाह्रो भयो । यहाँबाट हुने आम्दानी भन्दा बढी दाताको सहयोगबाट चलिरहेको छ । सरकारको सहयोग छैन ।’
गौशाला सञ्चालनका लागि वार्षिक रु १८ लाख जगदीश मिण्डाले सहयोग गर्दै आएका छन् । उनी जस्तै अन्य दाताले समेत वर्षेनि रु ५० हजारदेखि रु एक लाखसम्म सहयोग गर्दै आएका छन् । हाल गौशाला सञ्चालनमध्येका जगदीश मिण्डा मात्र जीवित छन् । उनी दैनिकजसो गौशालामा पुग्ने र गाईबस्तुलाई सुसुम्याउने र समस्या बुझ्ने गर्छन् । ‘गौमाता भनेपछि मरिहत्ते गर्नुहुन्छ’, चापागाईंले भने, ‘गाईको सेवाका लागि उहाँले वर्षेनि एक्लै रु १८ लाख सहयोग गर्नुहुन्छ ।’
मिण्डाको नेतृत्वमा २०७४ सालमा गौशाला परिसरमा दाताको सहयोगमा सङ्कलन गरिएको रु ८० लाखको लागतमा कृष्ण मन्दिर, आधुनिक गोठ, कार्यालय, सन्त आवासलगायत संरचना निर्माण गरिएका छन् ।
गोठ सार्न समस्या
हाल भद्रपुर नगरपालिका–५ स्थित गाईगोठ साँघुरो भएको चापागाईंले बताए । तस्करले भारततिर लैजाँदै गरेका गाई प्रहरीले पक्रेर ल्याउँदा राख्ने ठाउँको अभाव भएको हुँदा खुल्ला र फराकिलो स्थानमा गोठ सार्न आर्थिक अभाव छ । अध्यक्ष चापागाईंले आगामी आर्थिक वर्षमा भद्रपुर–४ मा छ बिघा जमिनमा गाईको गोठ सार्ने तयारी भइरहेको बताए ।
‘हाल ११ कठ्ठा जमिनमा भएको गौशाला साँघुरो हुँदा पराल र गोबर व्यवस्थापनमा समस्या भइरहेको छ’, उनले भने । गोठ सार्न करिब रु दुई करोड बढी लाग्ने अनुमान गरिएको छ । ‘बजेट छैन । गोठ नसारी भएको छैन’, चापागाईंले भने, “स्थानीय र प्रदेश सरकारको ध्यानाकर्षण गराएका छौँ ।’

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
Comments