
दाउन्ने सडक १६ घण्टादेखि अवरुद्ध : हजारौं यात्रु अलपत्र
- चैत्र २८, २०८१ मा प्रकाशित

नवलपरासी । दाउन्नेको सडकमा हिलोमा फसेका सवारी साधन निकाल्न नसक्दा १६ घण्टादेखि सवारी आवागमन अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी निरीक्षक राजनप्रसाद तिमिल्सिनाका अनुसार दाउन्नेको विश्वकर्मा मन्दिर नजिक हिलोमा फसेका गाडी निकाल्न नसक्दा बिहीबार साँझदेखि राजमार्ग अवरुद्ध छ ।
‘राजमार्ग खुलाउने प्रयास जारी छ,’ उनले भने, ‘हिलोमा फसेका गाडी चिप्लिएका कारण राजमार्ग अवरुद्ध भएको हो । म यहीँ छु । हिलोमा फसेका कारण गाडि निकाल्नै सकिएन ।’ राजमार्गमा ग्राभेल र बालुवा हाल्दै गाडि हिँडाउने प्रयत्न जारी रहेको उनले सुनाए ।
बिहीबार दाउन्ने क्षेत्रमा परेको सामान्य वर्षाले राजमार्ग हिलाम्य भएको छ । राजमार्ग निर्माणको जिम्मेवारी पाएको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन (चिनियाँ ठेकेदार कम्पनी) ले राजमार्गमा ग्राभेल नहालेका कारण दाउन्ने राजमार्गको १४ किलोमिटर खण्डमा समस्या भएको हो ।
राजमार्ग बिस्तार गर्न भनेर पिच भत्काएको ४ वर्षसम्म दाउन्नेमा ग्राभेल पनि नगरेका कारण धुलोले हैरान छ । दुम्कीबास बर्दघाट खण्डमा पर्ने १४ किलोमिटर पहाडी सडक खण्डमा ३ फिट माथिसम्म धुलैधुलो छ । बिहीबार परेको सामान्य वर्षाले त्यो धुलो हिलोमा परिणत भएपछि गाडी चिप्लिएर राजमार्ग खुलाउन नसकिएको हो । जिल्ला प्रहरी प्रमुख यादव ढकालले राजमार्ग मर्मत गर्न ठेकेदारसँग कुरा भएको र राजमार्ग खुलाउन दाउन्नेमै ३ दर्जन प्रहरी परिचालन गरिएको जानकारी दिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments