
दसैँ अवधिमै पच्चीस हजार भक्तजनले गरे पाथीभराको दर्शन
- कार्तिक १२, २०८० मा प्रकाशित
ताप्लेजुङ । दसैँको अवधिमा साढे पच्चीस हजार बढी भक्तजनले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) को दर्शन गरेका छन् । दसैँ अवधि अर्थात् घटस्थापनादेखि कोजाग्रत पूर्णिमा सम्ममा उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन् ।
दसैँ र तिहारको मौसमलाई पाथीभरा दर्शन गर्ने मुख्य सिजन मानिन्छ भने यही समयमा भक्तजनको भीड लाग्ने गर्दछ । मुख्य सिजनअन्तर्गत दसैँको अवधिमा कुल २५ हजार ६३८ जना भक्तजनले पाथीभराको दर्शन गरेका पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार दसैँको अन्तिम दिन अर्थात् कोजाग्रत पूर्णिमाको दिनमा मात्र चार हजार ३२२ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन् ।
यस्तै, दसैँको चतुर्दशीको दिन एकै दिन तीन हजार ८५० जना भक्तजनले पाथीभराको दर्शन गरेका छन् । दसैँको सप्तमी अर्थात् फूलपातीको दिनमा पनि तीन हजार ८१५ जना भक्तजन पाथीभराको दर्शन गर्न पुगेको थिए । यसरी दसैँको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अधिकांश दिन हजारौँ भक्तजन (तीर्थयात्री) ले पाथीभराको दर्शन गरेका छन् ।
समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरा देवीको दर्शन गर्न ताप्लेजुङसहित पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुमलगायत पूर्वका जिल्लाबाट उल्लेख्य रूपमा भक्तजन आएका छन् । त्यस्तै सङ्घीय राजधानी काठमाडौँसहित विभिन्न जिल्लाबाट पाथीभराको दर्शन गर्न भक्तजन आएका पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
नेपाल बाहिर भारतको सिक्किम, दार्जिलिङ, आसाम, कोलकत्ता लगायतका ठाउँबाटसमेत भक्तजन आएर पाथीभराको दर्शन गरेका समितिका कर्मचारी नवीन निरौलाले जानकारी दिनुभयो । दसैँ समाप्त भएपछि पनि उल्लेख्य सङ्ख्यामा भक्तजनको आगमन भइरहेको समितिले जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments