
दलित आयोगले एक वर्षमा गरेका काम सार्वजनिक
- माघ २९, २०७८ मा प्रकाशित
उदयपुर: राष्ट्रिय दलित आयोगका केन्द्रीय सदस्य तथा प्रवक्ता सुन्दर पुर्कुटीले दलित समुदायको समस्या समाधान गर्न राष्ट्रिय दलित आयोग गठन भएको बताएका छन् । समाजमा दलितप्रति हुने विभेद र असाहयहरूप्रति सजक रहँदै यस्ता समस्या समधान गर्न आयोग गठन भएको उनको भनाइ छ ।
आयोग गठन भएको एक बर्ष पूरा भै रहँदा दलितहरूको थुप्रै समस्या समाधान एजेन्डाको रुपमा समावेश गरिएको उनले जनाएका छन् । शनिवार गाईघाटमा पत्रकारहरूसँग भेटघाट गर्दै उनले एक बर्ष पूरा भई रहँदा आयोगका काम, कार्यविधिहरूलाई १६ बुँदा समेटेर प्रस्तुत गरेका छन् ।
आयोगले मुख्यतया दलित समुदायको समग्र स्थितिको अध्ययन तथा अन्वेषण, नीतिगत कानुनी र संस्थागत सुधारका लागि सरकारलाई सिफारिस, जातीय छुवाछुत साथै विभेदको अन्त्य गर्न अनुगमनको काम अगाडी बढाएको उल्लेख छ ।
आयोगको बैठक सञ्चालन कार्यविधिको कार्यान्वयन, दलितहरूको विभिन्न घटना समस्याहरूलाई कार्वाहीको सिफारिस, दलितहरूको मुख्य समस्या र राष्ट्रियस्तरको ४३ वटा घटनाका उजुरी सम्बन्धमा आवश्यक छानबिनको लागि पत्र, राजनीतिक दलहरूमा दलित समावेशीका लागि पत्र, विभेदका घटना अन्त्यका लागि सचेतनामुलक कार्यक्रम जस्ता महत्वपूर्ण क्रियाकलाप गरीरहेको उल्लेख गरिएको छ ।
नेपालमा राष्ट्रिय दलित आयोग ढिलो गठन भएको समेत उनले जनाए । आयोग समयमै गठन नहुँदा दलितहरूको विभिन्न समस्याहरू संविधानमा लेख्न छुटेको समेत उनले जनाए । पहिल्यै आयोग गठन भएको भए दलितहरूले पछिल्लो समयसम्म विभेद भोगि राख्नुपर्ने अवस्था नआउने उनले जनाए । -न्यजु कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments