
दलितमाथि जातीय विभेद गरेको आरोपमा औरही गाउँपालिकाका अध्यक्ष पक्राउ
- चैत्र ८, २०८१ मा प्रकाशित

सिरहा । सिरहाको औरहीमा महायज्ञका नाममा दलित परिवारमाथि गरिएको जातीय विभेदको घटनामा औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र सोही ठाउँका पूर्ववडाध्यक्ष तथा जनमत पार्टीका नेता दिलीप यादवलाई प्रहरीले पक्राउ गरेको छ।शुक्रबार साँझ प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। मधेश प्रदेशका प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यले दिएको जानकारीअनुसार यो घटनाको विषयमा उनीहरूसँग सोधपुछ भइरहेको छ।
पीडितबाट जाहेरी आएपछि उनीहरूलाई सोही बमोजिम कारबाही प्रक्रिया अघि बढाइने प्रहरी नायव महानिरीक्षक आचार्यले बताए। यही चैत १७ गतेदेखि महायज्ञ लगाउनका लागि सिरहाको औरही–५ का दलित दीपक मलिक (डोम) को घर गत फागुन १० गते भत्काइएको थियो। घर भत्काउन गाउँपालिकाको जेसीबीसहित अध्यक्ष यादव आफैँ गएका थिए। घर भत्काएपछि उक्त घरले चर्चेको जमिनको माटोसमेत ताछेर फालेपछि उनीमाथि जातीय विभेद गरेको भन्दै तीव्र विरोध भएको थियो।
यसै घटनामा संवेदनशील भएर कार्य नगरेको भन्दै गृह मन्त्रालयले सिराहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई शुक्रबारै मन्त्रालय तानेको छ। राष्ट्रिय मानवअधिकार आयोग तथा राष्ट्रिय दलित आयोगसमेतले घटनालाई महत्व दिएर स्थलगत अनुगमन गरेका छन्। प्रतिनिधि सभाको बैठकमा समेत सांसदले पटकपटक यस घट्नाका सम्बन्धमा संसदीय छानविन समिति गठनको माग गर्दै दोषीमाथि तत्काल आवश्यक कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।गाउँपालिका अध्यक्ष यादव २०७९ को निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)बाट विजयी भएका थिए।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २४, २०८२कोशी प्रदेशको बर्खे अधिवेशन जेठ ४ देखि
-
ताजा बैशाख २४, २०८२भारतको पाँच वटा फाइटर जेट खसालेको पाकिस्तानको दाबी
-
ताजा बैशाख २४, २०८२पाकिस्तानमा भारतको हवाइ आक्रमणपछि अहिलेसम्म के–के भयो ?
-
ताजा बैशाख २४, २०८२पाकिस्तानमाथि भारतीय सैन्य कारबाही खेदजनक : चीन
-
ताजा बैशाख २४, २०८२धितोपत्र बोर्डले जलविद्युत आयोजनाहरुसँग कमिसन मागिरहेको माओवादीको आरोप
Comments