
दमकमा पहिचानवादि–प्रहरी झडप अपडेटः १० प्रहरी सहित २२ घाइते
- बैशाख २७, २०८० मा प्रकाशित

झापा । कोसी प्रदेश नामकरणको विषयमा असन्तुष्टि जनाउँदै मङ्गलवार साँझ झापाको दमकमा निस्केको राँके जुलुसको क्रममा भएको झडपमा परेर प्रहरी नायव उपरीक्षक मनोजकुमार लामा सहित २२ जना घाइते भएको बताइएको छ । करिब डेढ घण्टा दुई पक्षबिच झडप भएको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार १० प्रहरी घाइते भएका छन् । करिब ३ सय मिटर टाडादेखि राँको बालेर आएका आन्दोलनकारी हरूलाई दमकको मुख्य गणतन्त्र चोकमा प्रहरीले रोकेर राँको निभाउन खोजेपछि दुई पक्षबिच झडप सुरु भएको थियो । झडपले उग्र रूप लिएपछि प्रहरीले बल प्रयोग गरेको बताइन्छ ।
आन्दोलनकारीहरूले प्रहरीमाथि आक्रमण गरेपछि भिडलाई तितरबितर गर्न र सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि १९ सेल अश्रुग्याँस, पाँच राउन्ड ब्ल्याक फायर र एक राउन्ड हवाई फायर गरेको प्रहरीको भनाई छ । गोली चलेजस्तो आवाज सुनेपछि दमक बजार क्षेत्र साँझमा नै बन्द भएको थियो ।
भिड नियन्त्रणका लागि प्रहरीले चलाएको गोलीको छर्रा लागेर दुइजना आन्दोलनकारी गम्भिर घाइते भएको आन्दोलनमा सहभागी लिम्बुवान भोलेन्टियरका केन्द्रीय कमाण्डर थाङसाङ लावतीले बताउनु भयो । आन्दोलनमा उत्रिएका आफ्ना थप अन्य १० जना घाइते भएको पनि उहाँले दाबी गर्नु भयो ।
गोलीको छर्रा लागेर दीक्षा क्षेत्री र गजेन्द्र फागो घाइते बन्नु भएको उहाँले जानकारी दिनु भयो । घाइते दुबैजनाको स्थानीय अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि बिर्तामोडस्थित बिर्ता सिटी अस्पताल लगिएको जनाइएको छ । एक जनाको खुट्टामा र अर्को जनाको हातमा चोट रहेको छ ।
यसै गरी घाइते प्रहरीहरूको सरकारी दमक अस्पताल, लाइफलाइन अस्पताल लगायतका स्थानीय अस्पतालहरूमा उपचार भएको छ । साँझदेखि सुरु भएको झडप बेलुका अबेर मात्र रोकिएको थियो । घटनापछि दमकको सुरक्षा व्यवस्था थप कडा पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।आजकाे गाेरखापत्र दैनिकमा खबर छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments