
दक्षिण एसियाबाट अवैध रूपमा हङकङ छिर्ने बढे, हप्तामै सय बढी पक्राउ
- कार्तिक १९, २०८० मा प्रकाशित

प्रतिव्यक्ति ५५ हजार डलर तिरेको खुलासा, अवैध प्रवेश रोक्न हङकङले माग्यो चीनसँग मदत
काठमाडाैं । हङकङमा अवैध प्रवेश रोक्नका लागि मदत गर्न हङकङले चीनसँग आग्रह गरेको छ। यसका लागि जमिन र समुन्द्री गस्ती बढाउन आग्रह गरिएको हो। कोभिड महामारीपछि दक्षिण एसियाली देशबाट चीनको यात्रालाई सहज बनाइएसँगै हङकङमा अवैध प्रवेश गर्न खोज्नेको संख्यामा वृद्धि भएको हुनसक्ने अनुमान छ।
२२–३१ अक्टोबरको बीचमा हङकङमा अवैध रूपमा प्रवेश गरेको आशंकामा सयभन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।दश दिनको उक्त अवधिमा पक्राउ गरिएका सात वटा घटनामा बंगलादेश, भारत र पाकिस्तानका सयभन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको हो।यो सँगै सुरक्षा चुनौती बढेको आँकलन गर्दै हङकङले मुख्यभूमि चीनसँग जमिन तथा समुन्द्री गस्तीमा मदत मागेको छ।
गोप्य सूचनाका आधारमा पत्ता लगाइएअनुसार यसरी अवैध तरिकाबाट हवाई–जमिन–समुन्द्री यात्राको लागि प्रत्येक व्यक्तिसँग सामान्यतया पाँच अंकको रकम लिने गरिएको थियो।पछिल्लो अपरेसनमा पक्राउ परेका बंगलादेशीको समूहले उनीहरूले आफ्नो देशबाट हङकङसम्मको यात्राका लागि प्रतिव्यक्ति ५५ हजार हङकङ डलर तिरेको बताएका थिए।
उनीहरूलाई हङकङ प्रवेश गराइनुमा रोजगारीको प्रलोभन देखाइएको थियो।१३ जना पुरुषको यो बंगलादेशी समूहलाई मंगलबार पक्राउ गरिएको थियो। उनीहरूलाई सेककु चाउ टापुबाट पक्राउ गरिएको हो।त्यस्तै, २२–२८ अक्टोबरका बीच बंगलादेश, भारत र पाकिस्तानका अन्य ९० जना व्यक्तिलाई पक्राउ गरिएको थियो।
यसैगरी वर्षको पहिलो नौ महिनामा ८४८ अवैध आप्रवासीलाई सीमामा रोकिएको थियो।जसमा भियतनामी २६६, मुख्यभूमि चीनबाट २४४, बंगलादेशबा १८३ र पाकिस्तानबाट ११२ जना थिए।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments