
त्रीयुगामा बिद्युत प्राधिकरणकाे चरम लापर्वाही : करेन्ट लागेर बालिकाको हात गुम्यो
- असार १७, २०७९ मा प्रकाशित
उदयपुर / नेपाल विद्युत प्राधिकरणको लापरबाहीले एक बालिकाले हात गुमाउन पुगेकी छिन । त्रियुगा नगरपालिका– ३ मोतिगडाबाट जोगिदह हडिया लगेको एघार हजार भोल्टेजको नाङ्गो तार घरको छतबाट लगेको कारण सो तारमा बालिकाले छुन पुग्दा हात गुमाएकी हुन् ।
मोतीगडाका सन्तोष बरालको घरको छतबाट प्रशारण लाईन लादा सोही घरमा डेरा गरी बस्ने भरत दाहालकी छोरी कृष्टिना दाहाल करेन्ट लागेर गम्भीर घाइते भएकी छन् । विद्युत प्राधिकरणले घरको छतमा हाइभोल्डेजको तार लगेको कारण बालिकालाई करेन्ट लागेको स्थानीयले बताए । छतमा खेल्ने क्रममा हाईभोल्डेजको तारमा छुँदा कृष्टिना गम्भीर घाइते भएकी छन् ।
करेन्ट लाग्ने बित्तिकै तत्काल उदयपुर जिल्ला अस्पतामा उपचार हुन नसकेपछि उनलाई थप उपचारको लागी काठमाडौं लगिएको छ । करेन्ट लागी घाइते भएकी कृष्टिनाको दाहिने हात काट्नु पर्ने चिकित्सकले बताएको परिवारले जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments