
त्रियुगामा कांग्रेसका बसन्त बस्नेतको उम्मेवारी खारेजीको माग गर्दै उजुरी
- बैशाख २०, २०७९ मा प्रकाशित
उदयपुर: उदयपुर सदरमुकाम गाईघाटमा रहेको त्रियुगा नगरपालिका मेयरमा उम्मेदवार बनेका नेपाली कांग्रेसका बसन्तकुमार बस्नेतविरुद्ध उम्मेदवारी परेकाे छ ।
बस्नेतले सरकारी बक्यौता तिर्न बाँकी रहेको भन्दै उम्मेदवारी खारेजी गर्न माग गर्दै एमालेका त्रियुगा नगरपालिकाका मेयरका उम्मेदवार भागवत राउतले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका हुन् ।
बस्नेतले उम्मेदवारी दर्ता गराएर अन्तिम नामावली समेत प्रकाशन भइसकेकाे छ । निर्माण व्यवसायी समेत रहेका बस्नेतले एपेक्स इन्द्रेणी जेभिको नामबाट कारोबार गर्दा आन्तरिक राजश्व कार्यालय लहानमा मूल्य अभिवृद्धि कर भ्याट बक्यौता रहेको दाबी उजुरीमा गरिएकाे छ । उनले साेमबार मात्र उजुरी दर्ता गराएका हुन् ।
आन्तरिक राजश्व कार्यालय लहानले कर बक्यौता दाखिला गर्न गत २०७८ चैत २७ गते १५ दिने सूचना प्रकाशित गरेको थियो । सो अवधिमा समेत कुनै पनि फर्म सम्पर्कमा नआएको आन्तरिक राजश्व कार्यालय लहानका प्रमुख कर अधिकृत राजकुमार खतिवडाले बताए । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments