
त्रिभुवन विमानस्थलमा बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म उडान–अवतरण नहुने
- बैशाख ६, २०८० मा प्रकाशित

फाइल फोटो
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भोलि (बिहीबार) ६ घण्टा बन्द हुने भएको छ । बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म विमानस्थलबाट कुनै पनि उडान–अवतरण नहुने विमानस्थलका महानिर्देशक प्रतापबाबु तिवारीले जानकारी दिए । उनका अनुसार विमानस्थलको विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढ बनाउने क्रममा अनलाइन यूपीएस जडान गरिने भएकोले उडान र अवतरण बन्द गरिनेछ । यो अवधीमा कुनै पनि आन्तरिक र अन्तर्राष्ट्रिय उडान र अवतरण हुने छैन ।
‘हामीले विद्युत आपूर्ति ब्याकअपको लागि यूपीएस जडान गर्दै छौं । त्यसको लागि केही घण्टा बन्द गर्नुपर्ने भएर हो । रातिको अन्तर्राष्ट्रिय उडानको तालिका मिलाइसकेको छौं । बिहान चाही अरु समय ६ बजे हुन्थ्यो भोलि एक घण्टा ढिला हुन्छ । त्यसको सूचना सर्वसाधारणलाई दिएको हो । त्यति हो ।’ महानिर्देशक तिवारीले भने । मंगलबार पनि विमानस्थलको एप्रोच र एरिया कन्ट्रोल फ्रिक्वेन्सी एक घण्टा डाउन हुँदा उडान र अवतरण प्रभावित बनेको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
Comments