
त्रिभुवन विमानस्थलबाट अवैध रुपमा ल्याउँदै गरेको ९३६ ग्राम सुनसहित बंगलादेशी नागरिक पक्राउ
- फाल्गुन १०, २०७८ मा प्रकाशित
काठमाडौं: भन्सार छलिगरी ल्याउँदै गरेको ९३६ ग्राम अर्धठोस सुन सहित ४७ वर्षीय बंगलादेशी नागरिक मोहम्मद तोफिक उल्लाहलाई प्रहरीले पक्राउ गरेको छ ।
राहदानी नम्बर ए००२६२२२९ वाहक मोहम्मदलाई सोमबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।
हिमालयन एयरलाईन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा खटीएको प्रहरीले जाँच गर्ने क्रममा पक्राउ गरिएको थियो ।
उनले लगाएको जिन्स पाईन्टको कम्मरको भागमा फल्स बटम बनाई र भित्री वस्त्रमा समेत लुकाई ल्याएको सुन फेला पारेपछि प्रहरीले पक्राउ गरेको थियो ।
सोधपुछको क्रममा उनले उक्त सुन भारतीय नागरिक ४० वर्षीय पारस नाथ साहले ल्याउन लगाएको बताएका थिए । त्यसपछि यू५४४०२८१ नम्बरको राहदानी वहाक पारसलाई प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको थियो ।
उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments