•  ९ चैत्र २०८१
  •  10:04:10 AM

तेह्रथुमकाे म्याग्लुङमा आगलागी : ११ लाखकाे क्षती

- भाद्र २२, २०७९ मा प्रकाशित



तेह्रथुम / तेह्रथुममा मंगलबार भएको आगलागीबाट ११ लाखको क्षति भएको छ। बिहान म्याग्लुङ नगरपालिका-५ पिलिङडाँडा बस्ने डेडबहादुर श्रेष्ठको घरमा विद्युत सर्ट भई आगलागी भएको थियो।

आगलागीमा घर, लत्ताकपडा, अन्नपात, काठपात, ४ तोला सुन र १५ तोला चाँदी जलेर करिब ११ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ। आगो प्रहरीले स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो।

Comments

सम्बन्धित खवर