
तेह्रथुमकाे चिस्यानी देवी गुफा, जहाँ सुनिन्छ नौमती बाजाको धुन
- बैशाख ७, २०८० मा प्रकाशित

तेह्रथुम / तेह्रथुमको म्याङ्लुङ नगरपालिका-५ मा रहेको ऐतिहासिक चिस्यानी देवी गुफा संरक्षणको पर्खाइमा छ । बस्तीको बीचमा अवस्थित यो गुफा प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ ।देवी थानसमेत रहेको यस स्थानमा यहाँका विभिन्न समुदायले विशेष पूजाआजा गर्ने गर्छन् ।
ऐतिहासिक एवं धार्मिक महषव बोकेको यस ठाउँमा रहेको पानीको मूल १२ महिना नै चिसो भइरहने र यहाँको पानीको तौलसमेत अन्य क्षेत्रको भन्दा बढी हुने भएकाले यस गुफाको नाम पनि चिस्यानी देवी रहन गएको स्थानीयवासी जगतबहादुर खजुमको भनाइ छ ।उहाँले भन्नुभयो, “अन्य क्षेत्रको मूलभन्दा यहाँको पानीको तौल एक तोला बढी छ ।
”यस ठाउँमा उधौली, उभौली, चण्डीपूणर्िमाका साथै अन्य विभिन्न अवसरमा भक्तजन पूजापाठ गर्न आउने गरेका छन् । किंवदन्तीअनुसार परापूर्वकालमा यो गुफामा मध्यरात र मध्य दिनमा नौमती बाजा बज्ने गथ्र्यो । आफू सानो छँदा बाजाको धुन बजेको सुनेको तर अहिले सपनाजस्तो मात्रै लाग्ने स्थानीयवासी ९२ वर्षीया भीमकला भण्डारीले बताउनुभयो । यस स्थानमा पूजा गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।
यस क्षेत्रको संरक्षण तथा प्रवद्र्धन गर्न सके वडाकै पर्यटकीय गन्तव्य बन्ने स्थानीयवासी झमक खापुङले बताउनुभयो । “पर्यटकीय प्रवद्र्धन भए आर्थिक आम्दानी गर्न पनि सकिन्छ,” उहाँले भन्नुभयो ।प्राकृतिक रूपले निर्मित यो गुफाको लम्बाइ करिब १५ मिटर छ । गुफाको भित्री भागमा पोखरी रहेको र पोखरीमा विभिन्न रङका माछासमेत छन् । पर्यटनको प्रचुर सम्भावना बोकेको यस गुफाको पूर्वाधार व्यवस्थापन गरिने म्याङ्लुङ नगरपालिका-५ का वडाध्यक्ष राजकुमार सेनेहाङले बताउनुभयो । “यो गुफालगायत अन्य धार्मिक तथा ऐतिहासिक क्षेत्रको संरक्षण गर्ने वडाको योजना छ,” उहाँले सुनाउनुभयो । अाजकाे गाेरखापत्र दैनिकमा खबर रहेकाे छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments