
तेस्रो जितसँगै नेपाल एसीसी महिला टी–२० च्याम्पिनयसिपको सेमिफाइनलमा
- असार ६, २०७९ मा प्रकाशित
इटहरी । लगातार तेस्रो जितसँगै नेपाल एसीसी महिला टी–२० च्याम्पिनयसिपको सेमिफाइनलमा पुगेको छ। सोमबार भएको खेलमा बहराईनलाई ८ विकेटले पराजित गर्दै नेपालले एक खेल अगावै अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो। १५ रनको झिनो लक्ष्य पछ्याएको नेपालले ३.४ ओभरमा २ विकेट गुमाउँदै अपराजित यात्रालाई कायमै राखेको हो।
नेपालका लागि सीता रानामगरले सर्वाधिक ४ रन बनाइन्। कविता जोशी ३ रनमा नटआउट रहिन्। नेपालले ८ रन अतिरिक्त पायो। त्यसअघि किनरारा एकेडेमी ओभलमा वर्षाको कारण ७ ओभरमा छोट्याइएको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको बहराइनले ७ ओभरमा ६ विकेट गुमाउँदै १४ रनको योगफल तयार पारेको हो। बहराइनका लागि ईशारा सुहुनले सर्वाधिक ६ रन बनाइन्। नेपालकी अस्मिना कमाचार्यले १ विकेट लिइन्। कविता कुँवर र सबनम राईले समान २ विकेट झारे। नेपालले पहिलो खेलमा भुटानलाई ५० रन र दोस्रो खेलमा कुवेतलाई २५ रनले पराजित गरेको थियो। नेपालले मंगलबार हङकङसँग खेल्नेछ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments