
तीव्र गतिको मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको गयो ज्यान
- भाद्र ११, २०८० मा प्रकाशित

तेह्रथुम । तेह्रथुमको म्याङलुङमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको ज्यान गएको छ । आइतबार म्याङलुङ बजारबाट जिरिखिम्तीतर्फ जाँदै गरेको को १४ प ८९२ नम्बरको मोटरसाइकल दुर्घटना स्थानीय दुई युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ज्यान गुनमाउनेमा म्याङलुङ नगरपालिका ८ का २५ वर्षीय सविन लिम्बु र मोटरसाइकल चालक २२ वर्षीय संगम तामाङ छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विद्यासागर मेहत्ताका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
तीव्र गतिको कारण अनियन्त्रित भई मोटरसाइक दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments