
तीन दिन घर बाहिर निस्कन नसकेका हिमपातपीडितलाई राहत वितरण
- माघ २७, २०७८ मा प्रकाशित
खोटाङ: खोटाङको ऐसेलुखर्क गाउँपालिकाका हिमपात पिडित नागरिकलाई राहत प्रदान गरिएको छ । गत २० देखि २२ माघसम्म परेको बाक्लो हिमपातका कारण पीडित बनेका ४० घरपरिवारलाई गाउँपालिका र रेडक्रसले चामल र कम्बल वितरण गरेको हो ।
ऐसेलुखर्क गाउँपालिका-१ तोरीबारी, सिब्दु बहानेका १८ घर र ऐसेलुखर्क गाउँपालिका-२ बिस्कामका २२ परिवारलाई प्रतिपरिवार १५ केजी चामल र २ वटा कम्बल वितरण गरिएको गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौलाले बताए ।
हिमपातपछि बढेको चिसोका कारण तीन दिनसम्म घर बाहिर निस्कन नसकेका परिवारलाई गाउँपालिकाले चामल र रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङले राहत उपलव्ध गराएको हो । हिमपातपीडित परिवारलाई गाउँपालिका अध्यक्ष निरौला र गाउँपालिका उपाध्यक्ष पुष्पकला भुजेलले घरैमा पुगेर राहत हस्तान्तरण गरेका हुन् ।
नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादव, राखाबाङ्देलका वडाध्यक्ष झनकुमार राईलगायतको उपस्थितिमा राहत वितरण गरिएको हो । खोटाङमा चार दशकपछि १५ माघ २०७५ गते, १६ फागुन, १९ पुस र १४ फागुन २०७६ मा बाक्लो हिमपात भएको थियो । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments