
तीनकुने घटना नियोजित र अपराधिक उद्देश्यले गराइयो : गृहमन्त्री
- चैत्र २१, २०८१ मा प्रकाशित

गृहमन्त्री रमेश लेखक काठमाडौंको तीनकुने घटना नियोजित र अपराधिक उद्देश्यले गराइएको बताएका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा उपस्थित गृहमन्त्री लेखकले तीनकुनेमा राजावादी समूहले नियोजित र अपराधिका उद्देश्यले आगजनी, तोडफोड र आक्रमण गरेको जानकारी दिएका हुन् । उनले राजावादी समूहले कान्तिपुर टेलिभिजनको भवनमा जानीजानी नै ढुंगामुढा प्रहार गरेको पनि बताएका छन् ।
मन्त्री लेखकले भवनभित्र मान्छे छ भन्ने थाहा हुँदाहुँदै आगो लगाइएको पनि जानकारी दिएका छन् । उनले तीनकुने घटनामा प्रहरीले संयमता नपनाएको भए थप दुर्घटना हुने सक्ने समेत समितिलाई जानकारी गराएका छन् । राजावादी समूहले सरकारका कारण आगो लगाइयो र प्रदर्शनअघि नै प्रहरीले बल प्रयोग गर्यो भनि गरेको प्रचार अनर्गल भएको गृहमन्त्री लेखकको भनाइ छ ।
आक्रमणकारीहरूको निशाना सञ्चारगृह परेकाले खोजी–खोजी आक्रमण गरेको भन्दै सञ्चारगृह र सञ्चारकर्मीहरूको सुरक्षाका लागि सरकार प्रतिवद्ध रहेको पनि गृहमन्त्री लेखकको भनाइ छ । राज्य व्यवस्था समितिले तीनकुने घटनालाई लिएर जानकारी दिन गृहमन्त्रीलाई बोलाएको हो । गृहमन्त्री लेखकले शन्तिपूर्ण प्रदर्शन गरेको भन्दै समाजवादी मोर्चालाई धन्यवाद दिएका छन् । यही चैत १५ गते काठमाडौंमा आयोजित प्रदर्शनबारे जवाफ दिन शुक्रबार (चैत २२) प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा उपस्थित उनले राजावादीको आलोचना गरे ।
त्यस दिन समाजवादी मोर्चाले सभ्य र भव्य ढंगले कार्यक्रम सम्पन्न गरेको उनले टिप्पणी गरे । समाजवादी मोर्चामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जसपा नेपाल र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आबद्ध छन् ।
‘त्यो कार्यक्रममा आलोचनाका कुराहरू पनि भए, आफ्ना विचारका अभिव्यक्ति पनि भए । लोकतान्त्रिक मूल्य र मान्यताअनुरूप अत्यन्त सभ्य र भव्य ढंगले कार्यक्रम सम्पन्न भयो’, उनले भने, ‘त्यसकारण समाजवादी मोर्चाका कार्यक्रम आयोजक साथीहरूलाई म धन्यवाद दिन चाहन्छु ।’ शान्तिपूर्ण जुलुस प्रदर्शनको त्यो एउटा उदाहरण भएको उनले बताए ।
अर्कोतर्फ, राजावादीको प्रदर्शनलाई उनले ‘हिंसात्मक, अमानवीय, अमर्यादित र उच्छृंखल’ को संज्ञा दिए । तीनकुनेमा आयोजित उक्त प्रदर्शन वर्तमान राजनीतिक व्यवस्था समाप्त गर्ने उद्देश्यबाट प्रेरित रहेको उनले जिकिर गरे। ‘यसमा कुनै द्वविधा छैन, कुनै भ्रम छ । यो प्रदर्शन, यो कार्यक्रम नेपालको वर्तमान संविधानलाई उल्ट्याउने, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी शासन व्यवस्था र समावेशी चरित्रको हामीले अवलम्बन गरेको राज्यव्यवस्था, राज्य प्रबन्ध र यो व्यवस्थालाई समाप्त गर्ने उद्देश्यबाट प्रेरित थियो’, उनले भने । तीनकुने घटनामा दुई जनाको ज्यान गएको थियो । घटनामा संलग्न ५९ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments