
तिब्र गतिमा मध्य तमोर : ७५ प्रतिशत काम सकियाे
- माघ ८, २०७९ मा प्रकाशित
ताप्लेजुङ । ताप्लेजुङमा निर्माणाधीन मध्य तमोर जलविद्युत् आयोजनाको ७५ प्रतिशतभन्दा बढी काम भएको छ। सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको ७३ मेगावाट क्षमताको यो आयोजनाको निर्माण कार्य कोरोना महामारीमा पनि रोकिएको थिएन।
ताप्लेजुङ जिल्लाको फक्तालुङ गाउँपालिका–१, सावादिन, मिक्वाखोला गाउँपालिका–१ र २ (खोक्लिङ) र फुङ्लिङ नगरपालिका–१०, फुरुम्बुमा मुख्य संरचना रहने गरी आयोजना निर्माण भइरहेको छ। निर्माणाधीन आयोजनाको हालसम्म तीन हजार ३७० मिटर लम्बाइ र ६.५ मिटर चौडाइ तथा उचाइ भएको सुरुङ निर्माण सम्पन्न भइसकेको छ।
सन् २०१९ मार्च ९ देखि आयोजनाको सिभिलतर्फ निर्माण कार्य सुरु गरिएको थियो। आयोजनाका प्रबन्धक डा. मणिराज पोखरेलले कामको प्रगति ७५ देखि ८० प्रतिशत बीचमा रहेको बताउनुभयो। सुरुङ निर्माण सम्पन्न भएसँगै हेडवक्र्स निर्माण कार्य, बालुवा थिग्राउने पोखरी, सेटलिङ बेसिन, विद्युत् गृहलगायत आयोजनाको सबै क्षेत्रको काम निरन्तर भइरहेको पोखरेलले बताउनुभयो। आयोजनाको सम्पूर्ण काम सन् २०२३ भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको पनि आयोजनाका प्रबन्धक डा. पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार सोही लक्ष्यसहित हाल निर्माणको कार्य भइरहेको छ। मुख्य ठेकेदारका रूपमा चच्याचङ फस्ट हाइड्रो तथा पावर कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेडले काम गरिरहेको छ।
यस्तै इलेक्ट्रो मेकानिकलसम्बन्धी कार्य सीडब्लूटीडब्लु, हाइड्रो मेकानिकलको कार्य माछापुच्छ«े मेटल तथा मेसिनरी वर्क प्रालि र विद्युत् प्रसारण लाइनको कार्य कस्मिक इलेक्ट्रिकल एन्ड इन्जिनियरिङ प्रालिले गरिरहेको छ। सुरुमा ठूलै सङ्ख्यामा चिनियाँ मजदुरले काम गरेको भए पनि हाल केही चिनियाँ र अधिकांश नेपाली मजदुर आयोजनाको काम गरिरहेका छन्। हाल सात सयभन्दा बढी मजदुर कार्यरत रहेका आयोजनाले जनाएको छ।
यस आयोजनाबाट उत्पादन हुने विद्युत् करिब १२ किलोमिटर टाढा रहेको मैवाखोला गाउँपालिका–१, ढुङ्गेसाँघुस्थित २२० केभीए क्षमताको सबस्टेसनमा जडान गरिनेछ। नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको सो सबस्टेसनमार्फत मध्य तमोरबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने आयोजनाले जानकारी दिएको छ। निर्माणाधीन मध्य तमोर जलविद्युत् आयोजना जिल्लाको हालसम्मकै ठूलो आयोजना पनि हो।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments