
तिन घण्टाकाे वर्षाले इटहरी जलमग्न , जता हेर्याे त्यतै पानी पानी , बिद्यालयहरू बन्द
- असार १४, २०७९ मा प्रकाशित
इटहरी । मंगलबार बिहान ३ बजे देखि परेको अविरल वर्षाका कारण इटहरी जलमग्न बनेको छ । वर्षाले साना पैनीहरू भरीएर राजमार्ग ढाकेका छन भने ठुला खोलाहरू बाढिमा परिणत भइ मानव वस्ति प्रवेश गरेको छ । यतिबेला इटहरीको अधिकांस क्षेत्रहरू डुबानमा परेको छ ।
इटहरीको तरहरा , खनार , पकली , एकम्बा , हाँसपोसा लगायतका ठाउहरू हाल जलमग्न बनेका छन । इटहरीको मुख्य राजमार्ग क्षेत्र अहिले जलमग्न बनेको छ भने तरहरा , जनता वस्ती ,आइतबारे , हलगडा , आपगाछी लगगायतका स्थान पनि पानी पानी बनेका छन ।३ घण्टा देखि परेको अविरल वर्षाले इटहरीको टेंग्रा खोला , खेति खोला,बुढि खोलामा पानीको बहाव उच्च भइ मानव वस्ति प्रवेश गरेको हो ।
यसै बिच स्थानीय खोला तथा पैनीमा पानीको बहाव उच्च भइ अधिकांस स्थान जलमग्न बनेपछि इटहरी उपमहानगरमा क्षेत्रमा सञ्चालित निजि एएववम सामुदायिक बिद्यालयहरू बन्द गरिएको छ । मौसम खराब भएको कारण देखाउदै इटहरीका बिद्यालयहरू एक दिनका लागि बिदा गरिएको हो ।
यता बाढिबाट प्रभावित क्षेत्रमा इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेल स्थानियहरूको उद्धारमा आफै खटिएका छन । बाढिबाट मानविय क्षती हुन नदिने मेयर पौडेलले उपमहानगर क्षेत्रमा रहेका सबै संयनत्रहरूलाइ तत्काल उद्धार कार्यमा खटिन आग्रह समेत गरेका छन ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments