
तालाबन्दीका कारण विराटनगरका दुई कलेजमा स्ववियु निर्वाचन अनिश्चित
- चैत्र ५, २०७९ मा प्रकाशित
बिराटनगर । तालाबन्दीका कारण विराटनगरका दुई क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन अनिश्चित भएको छ । नेपल विद्यार्थी संघ र अनेरास्ववियूले तालाबन्दी गरेपछि महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस र विराटनगर नर्सिङ क्याम्वसको स्ववियु निर्वाचन अनिश्चित भएको हो ।
आइतबार स्ववियु निर्वाचन हुने कार्यतालिका छ । दुबै कलेजले निर्वाचनको सबै तयारी गरेका थिए । तर शुक्रबार बेलुका नर्सिङ कलेजमा नेपाल विद्यार्थी संघ र शनिबार महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा अनेरास्ववियुले तालाबन्दी गरेपछि निर्वाचन अनिश्चित भएको हो । दुवै संघगठनले निर्वाचन रोक्ने उदेश्यले तालाबन्दी गरेको विद्यार्थीहरुले गुनासो गरेका छन् ।
अखिल मोरङका अध्यक्ष तुलसी घिमिरेले सम्बोधन हुने माग राखेर क्याम्पसमा तालाबन्दी गरिएको बताए । अनेरास्ववियुले महेन्द्र मोरङमा मतदाता नामावली छानविन गर्नुपर्ने, क्याम्पस प्रशासनले विद्यार्थीलाई निश्चित उम्मेदवारलाई भोट मागेको विषयमा छानविन गर्न माग गरेको छ । नेविसंघले निर्वाचनलाई निष्पक्ष, मयर्मदित ढंगबाट सम्पन्न गर्न आफूहरूले गरेको आग्रहलाई अटेर गरेको भन्दै नर्सिङ क्याम्वसमा तालाबन्दी गरेको थियो ।
निर्वाचनको सबै तयारी भइसेको अवस्थामा तालाबन्दी भएको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका प्रमुख बाबुराम तिम्सिनाले बताए । विद्यार्थीको चुनाव भएकाले क्याम्पस प्रशासनले सहजीकरण गर्न सक्ने बताउँदै उनले सहमति नभए जोखिम लिएर निर्वाचन नगर्ने बताए ।
महेन्द्र मोरङ कलेजमा हारको मानसिकताले अनेरास्ववियूले तालाबन्दी गरेको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य अभिमन्यु यादवले बताए । महेन्द्र मोरङको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघबाट जसवन्त पौडेल, अनेरास्ववियूबाट नविन पहाडी र अखिल क्रान्तिकारीबाट रोहित यादव उम्मेदवार छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments