
ताप्लेजुङमा लिम्बु समुदायले मनाए कक्फेक्वा तङ्नाम
- माघ १, २०८१ मा प्रकाशित

ताप्लेजुङ । लिम्बू समुदायले आज परम्परागत चाड कक्फेक्वा तङ्नाम मनाइरहेका छन् । माघे संक्रान्तिलाई लिम्बू समुदायले कक्फेक्वा तङनामका रुपमा परम्परागत संस्कारअनुसार विशेष महत्वका साथ मनाउने गर्छन् ।
लिम्बू भाषामा ‘कक्’ को अर्थ चाप ‘फेक्वा’ फुल्नु र ‘तङ्नाम’ को अर्थ पर्व हो । आजदेखि लिम्बू समुदायको नयाँ वर्ष सुरु हुने गर्छ । यस वर्षबाट येले तङ्बे (दोङ) ५०८५ प्रारम्भ भएको लिम्बूहरुको साझा संस्था किरात याक्थुङ चुम्लुङका जिल्ला सचिव सरोज कङलिवाले बताए ।
राई, लिम्बू, याक्खा, सुनवारलगायत समुदायले विशेषगरी मनाउने यो चाडमा वन तरुल, घर तरुल, सक्खरखण्डजस्ता परिकार खाने प्रचलन छ । याक्थुङ चुम्लुङका जिल्ला अध्यक्ष इन्दिरा मेन्याङ्बोका अनुसार यो चाडको मुन्धुमसँग सम्बन्ध छ । किंवदन्तीअनुसार, अन्नबाली नहुँदा वन तरुल सेवन गरी जीवन बचाएको विश्वासमा यो पर्व मनाउने गरिन्छ।
बिहान स्नान गरेर वन तरुलको टीका लगाउने परम्पराबाट चाडको शुभारम्भ हुन्छ । यस अवसरमा समुदायले आफ्ना सांस्कृतिक परम्परालाई पुनर्जीवित गर्दै सामूहिक रुपमा चाड मनाउने गर्छन् । कक्फेक्वा तङ्नाम लिम्बू समुदायको सांस्कृतिक पहिचान हो । राई, लिम्बू, याक्खा, सुनवारजस्ता किरात समुदायले यो चाडलाई आफ्नो संस्कृतिसँग जोडेर विशेष रूपमा मनाउँछन् ।
मेन्याङ्बोका अनुसार कक्फेक्वा तङ्नाम लिम्बू समुदायका लागि एकता, परम्परा, र पहिचानलाई जीवन्त राख्ने पर्व हो । प्राकृतिक र सांस्कृतिक महत्व बोकेको यस पर्वले भावी पुस्तामा पनि परम्परा र संस्कृतिलाई हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिन्छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments