
ताप्लेजुङमा राहदानी आइलाइन फारम निःशुल्क
- मंसिर १४, २०८० मा प्रकाशित

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले राहदानी (इ–पासपोर्ट) को अनलाइन फारम निःशुल्क भरिदिन थालेको छ । प्रशासन कार्यालयले राहदानी बनाउन आउने सेवाग्राहीको अनलाइन फारम निःशुल्क रूपमा भरिदिन थालेको हो ।
प्रशासन कार्यालयबाट नै राहदानी बनाउन आउने सेवाग्राहीको अनलाइन फारम निःशुल्क भरिदिने व्यवस्था मिलाएसँगै बिहीबारदेखि सेवा सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी टङ्कबहादुर भट्टराईले जानकारी दिनुभयो । हाल निमित्त प्रमुख जिल्ला अधिकारीसमेत रहनुभएका भट्टराईले सेवाग्राहीको सहजताका लागि प्रशासन कार्यालयले राहदानी अनलाइन फारम निःशुल्क रूपमा भरिदिन थालेका बताउनुभयो ।
उहाँका अनुसार प्रशासन कार्यालयले राहदानीको अनलाइन फारम निःशुल्क भरिदिने व्यवस्था गरेसँगै सेवाग्राहीले बिहीबारदेखि नै सेवा प्राप्त गर्न थालेका छन् । जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी एवम् सेवाग्राहीमैत्री बनाउने उद्देश्यले सेवाग्राही आफैँले भरी पेस गर्नुपर्ने राहदानीको फाराम निःशुल्क भरिदिने व्यवस्था मिलाएको उहाँले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालयबाट सुरु भएको सेवाले प्रशासन र सेवाग्राहीबिचको सम्बन्ध निकट बनाउने अपेक्षा गरिएको छ । कात्तिक अन्तिम साता मात्र ताप्लेजुङ सरुवा भई आउनुभएकी प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले प्रशासन कार्यालयबाटै राहदानीको फारम निःशुल्क भरिदिने व्यवस्था मिलाउने बताउनुभएको थियो । यसअघि सेवाग्राहीले फोटो पसल तथा साइबर केन्द्रहरूमा शुल्क तिरेर राहदानीको अनलाइन फारम भर्दैआएका थिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments