
ताप्लेजुङकाे फुङलिङ बजारवासी एक साता देखि धमिलाे पानी पिउन बाध्य
- बैशाख ४, २०८० मा प्रकाशित

ताप्लेजुङ । केही दिनयता ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारका बासिन्दा धमिलो पानी प्रयोग गर्न बाध्य छन् । ताप्लेजुङ बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले वितरण गर्दै आएको खानेपानी झण्डै एक हप्तादेखि माटोको लेदोसहित धमिलो आइरहेको छ ।
दिनमा दुई समय बिहान र बेलुका उपभोक्ताका घरघरमा प्रवाह हुने पानी हप्तौँदेखि मैलो र धमिलो आएपछि बजारवासी तथा उपभोक्ता मारमा परेका छन् । कतिपयले नजिकका धारा कुवाबाट गाग्रोमा पानी बोकेर प्रयोग गर्दै आएका छन् भने प्रायले त्यही धमिलो पानी प्रयोग गरिरहेका छन् ।
“बिहान बेलुका लेदोसहित धमिलो पानी आइरहेको छ, नजिकै धारा, कुवा पनि छैनन्, त्यही धमिलो पानी प्रयोग गर्न बाध्य छौँ, स्वास्थ्यमा समस्या आउला भन्ने डर हुन थाल्यो”, फुङलिङवासी राजकुमार तामाङले भन्नुभयो । धमिलो तथा फोहर पानी आउने गरेकाले बजार क्षेत्रमा फाट्टफुट्ट धारामा गाग्रोसहित पानी भर्नेको भीड लाग्ने गरेको देखिन्छ । घर पायक धारा कुवा हुनेले पानी बोकेर प्रयोग गरे पनि टाढाकाले भने धमिलो पानी नै प्रयोग गर्न बाध्य छन् ।
यता उपभोक्ता समितिले भने मुहानमा घेराबारा गर्ने तथा सफा गर्ने काम भइरहेकाले पानी धमिलो आइरहेको बताएको छ । “केही दिनदेखि मुहानमा तार जाली लगाएर घेराबारा गर्ने, मुहान सफा गर्नेलगायत काम गरिरहेका छौँ, त्यसैले धमिलो पानी आइरहेको हो, अबको दुई दिनभित्रै काम सक्छौँ”, उपभोक्ता समितिका अध्यक्ष कमल गुरागार्इंले भन्नुभयो । उहाँका अनुसार धमिलो पानी ट्याङ्कीमा जान नदिन पाइपमार्फत कटाउने प्रयास गरे पनि विभिन्न ठाउँबाट चुहिने भएकाले समस्या आएको हो ।
ताप्लेजुङमा दुई मुहानको पानी सङ्कलन गरेर वितरण हुँदै आएको छ । फुङलिङ नगरपालिकास्थित बुङ्कुलुङ क्षेत्रमा रहेको देवी खोला र पाथीभरा याङ्वरक गाउँपालिकाको नाङ्खोल्याङको गरी दुई ठाउँका मुहान प्रयोग भएका छन् । हाल देवी खोलाको मुहान सरसफाइ गर्ने काम भइरहेको हो । धमिलो पानीको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर समस्या आइपर्ने भएकाले तत्काल समस्या समाधान गर्नुपर्ने भन्दै बजारबासीले गुनासो गरेका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments