
तत्कालीन नेकपाकाे अवराेधबीच शिलान्यास भएकाे ऋषिङ गाउँपालिका भवनकाे उद्घाटन गर्दै देउवा
- चैत्र १०, २०७८ मा प्रकाशित
तनहुँ: प्रधानमन्त्री शेरबहादुर देउवा आज तनहुँ आउदैछन् । जिल्लामा हुने चार कार्यक्रममा सहभागी हुनलाई देउवा तनहुँ आउन लागेका हुन् ।
बिहान १० बजेपछि प्रधानमन्त्री देउवा तनहुँ आउने साहयक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले बताए । देउवा स्याङजाको कार्यक्रममा सहभागी भएर तनहुँ आउने उनले बताए ।
‘तनहुँ आएपछि सुरुमा प्रधानमन्त्रीज्यूले तनहुँ जलविद्युत आयोजनाको स्थलगत अनुगमन गर्ने कार्यक्रम छ’, उनले भने । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गरेपछि देउवा कांग्रेसको पार्टी कार्यालय दमौलीमा हुने छलफल कार्यक्रममा सहभागी हुनेछन् ।
प्रधानमन्त्री देउवाले आठौँ तनहुँ महोत्सको उद्घाटन गर्ने गैरेले जानकारी दिए । बिहीबार नै ऋषिङ गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको देउवाले उद्घाटन गर्नेछन् ।
प्रधानमन्त्री देउवाले ऋषिङ गाउँपालिकाको भवन उद्घाटन गर्ने कार्यक्रम एमालले भने बहिष्कार गर्ने भएको छ । सर्वदलीय समितिले सिफारिस गरेको स्थानविपरीत गाउँपालिकाको केन्द्र कायम गरेर भवन बनाएकाले बहिष्कार गर्ने घोषणा गरेको नेकपा एमाले ऋषिङ गाउँ कमिटीका सचिव कविराज श्रेष्ठले बताए । गाउँपालिकाको केन्द्र परिवर्तनको अनुमति समेत नलिएर भवन बनाइएको उनले उल्लेख गरे ।
२०७६ असोज दोस्रो साता भवन शिलान्यासको बखतमा तत्कालीन नेकपाले अवरोध गरेको थियो । भवन शिलान्यास गर्न आएका नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालमाथि आक्रमण गरिएको थियो । विवाद र अवरोधकैबीच शिलन्यास गरिएको भवन प्रधानमन्त्री देउवाले उद्घाटन गर्दैछन् । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments