
ढुंगाेले बचायाे कांग्रेस उपसभापति गुरूङकाे ज्यान : भिरबाट झरिसकेकाे स्कारपियाे यसरी अडकियाे
- असार १६, २०७९ मा प्रकाशित
इटहरी । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ चढेको गाडी ठूलो दुर्घटना हुनबाट जोगिएको छ।ओखलढुङ्गाबाट काठमाडौं फर्किने क्रममा गुरुङ सवार बा १९ च १८३९ नम्बरको स्कर्पियो गाडी बिहीबार दुर्घटनामा पर्नबाट जाेगिएकाे हाे ।
ओखलढुङ्गाका काँग्रेस केन्द्रीय सदस्य प्रदीप सुनुवारकी श्रीमतीको निधन भएकाले परिवारलाई भेटेर फर्किंदै गर्दा रामेछापको गोगनेमा सडक किनारबाट गाडी थोरै तल झरेको थियो ।
उपसभापति गुरुङले गाडी अगाडि ढुंगाको ओट लाग्न पुगेकाले ठूलो दुर्घटनाबाट जोगिएको जानकारी दिए। उनले फेसबुकमा लेखेका छन्, ‘रामेछाप गोगनेमा हामी चढेको गाडी अचानक सडक किनारबाट तल गयो । तर अगाडि ढुंगाको ओट लाग्न पुगेकोले ठूलो घटना हुनबाट जोगियो। भगवानको कृपाले हामी सबै सकुशल छौं।’कांग्रेस नेता रत्न कार्कीका अनुसार स्कर्पियोमा उपसभापति गुरुङ, सानोबाबु महर्जन र उनी सवार थिए।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments