
डे-नाइट क्रिकेटको उपाधि एनएमबीलाई
- फाल्गुन ३०, २०७८ मा प्रकाशित
भैरहवा: भैरहवामा आयोजित डे-नाइट क्रिकेट प्रतियोगिताको उपाधि एनएमबी बैंकले जितेको छ । ग्लोबल आइएमई बैंकलाई सुपर ओभरमा १४ रनले पराजित गर्दै एनएमबीले उपाधि जितेको हो ।
सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर सुरुवाती व्याटिङ गरेको ग्लोबलले ५ ओभरमा ४ विकेटको क्षतिमा ६८ रन बनायो । ग्लोबलको लागि मनोज गैरेले सर्वाधिक ३१ रनको योगदान दिए । ग्लोबललाई ६८ रनमा रोक्न एनएमबीका राम नरेश गुप्ता र ओमकार श्रेष्ठले १-१ विकेट लिए ।
जवाफी व्याटिङमा ६९ रनको लक्ष्य पछ्याउने क्रममा एनएमबीले सुरुवाती ३ ओभरमा मध्यम सुरुवात गर्यो । पहिलो ओभरमा २० रन जोडेको एनएमबीले दोस्रो ओभरको दोस्रो बलमै अनुभवी खेलाडी रामनरेश गुप्तालाई ६ रनको स्कोरमा गुमायो । तेस्रो ओभरमा अर्का ओपनर अर्जुन पाण्डे २० रनको स्कोरमा पवेलियनको बाटो लागे । अन्तिम ओभरमा २० रन आवश्यक रहेको एनएमबिका लागि ओमकार र विवेकले १९ रन बनाउदै खेल बराबरीमा पुर्याएका थिए ।
सुपर ओभरमा गएको खेलमा राम नरेश गुप्ताको तुफानी २२ रनको पारीमा एनएमबीले ग्लोबललाई २५ रनको लक्ष्य प्रस्तुत गयो । जवाफमा २५ रनको लक्ष्य लिएर मैदान उत्रिएको ग्लोबलले मात्र १० बनायो र प्रतियोगिता एनएमबी बैंकले आफ्नो पक्षमा पार्न सफल भयो ।
खेल बराबरीमा पुगेपछि उपाधिका लागि दुबै टिमबीच सुपर ओभर खेलाइएको थियो, सुपरओभरमा धेरै रन बनाउदै एनएमबीले जित निकाल्यो ।
प्रतियोगिताको विजेता एनएमबीले २० हजार नगद, ट्रफी र प्रमाणपत्र उपविजेता ग्लोबलले १० हजार नगदसहित ट्रफी, प्रमाणपत्र पाएको छ । म्यान अफ द सिरिज एनएमबीका अर्जुन पाण्डे, नगद ५ हजार ट्रफीसहित प्रमाणपत्र, अनुशासित टीमबाट नबिल बैंक, बेष्ट ड्रेस अवार्ड कृषि विकास बैंक र पहिलो रजिष्ट्रेशन टिमबाट महालक्ष्मी विकास बैंक पुरस्कृत भए । उत्कृष्ट बलर एनएमबीका राम नरेश गुप्ता, उत्कृष्ट व्याट्समेन सिटिजनका अन्तिम थापा, उत्कृष्ट फिल्डर ग्लोबलका चन्द्रिका केवट पुरस्कृत भए ।
लियो क्लब अफ सिद्धार्थनगरको आयोजनामा भएको प्रतियोगितामा १२ बैंकको सहभागिता थियो । भैरहवा क्षेत्रमा पहिलो पटक २०५३ मा मेलवर्न क्रिकेट क्लब एमसीसीले यस प्रकृतिको प्रतियोगिता गरेको थियो, गत वर्ष लियो क्लब अफ सिद्धार्थनगरले सुरुवात गरेको प्रतियोगिता यस वर्ष निरन्तरता पाएको हो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments