
डिजिटल पेन्टस्का नयाँ उत्पादनहरू सार्वजनिक
- मंसिर २९, २०७९ मा प्रकाशित
इटहरी । डिजिटल पेन्टस् प्रा.लि. ले नयाँ उत्पादनहरू बजारमा ल्याएको छ । इटहरी स्थित गोकर्ण रिसाेर्टमा एक कार्यक्रमका बिच नयाँ उत्पादनहरू सार्वजनिक गरेको हो । प्राेडक्ट लन्च कार्यक्रमका अवसरमा कम्पनीले ७ वर्ष वारेन्टी रहेको बाहिरी इमल्सन र उच्च क्वालिटी, मिडियम क्वालिटी गरी २ प्रकारका भित्री इमल्सन , गोल्ड पेन्टस् लगायतका उत्पादनहरू सार्वजनिक गरिएको छ ।
कार्यक्रमका अवसरमा बिभन्न क्लबमा प्रवेश गर्ने डिलरहरूलाई सम्मान गरिएको थियो । वाल प्राइमर, इमल्सन, डिस्टेम्बर, इनामेल (काठ तथा मेटल), आलमुनियम पेन्टस् वाल पुटिङ लगायतका सामाग्रीहरू उत्पादन गरिरहेको कम्पनीले उपभोक्ताहरूको उच्च मागका कारण नयाँ उत्पादनहरू बजारमा ल्याएको जनाएको छ । कार्यक्रममा कम्पनीले उत्पादन गरेका उत्पादनहरूको जानकारी, नियमावली, विभिन्न स्किमहरूका साथै विक्रेताहरूलाई गुणस्तरीयताका बारेमा जानकारी दिइएको थियो ।
नेपालको पूर्वी क्षेत्रलाई रंगमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ उत्पादन सुरू गरेको डिजिटल पेन्ट्स ले स्थापनाकालकाे छोटो समयमा नै आफ्नो विशिष्ट स्थान हासिल गर्न सफल भएको कम्पनीका सिइओ देवीप्रसाद गौतमले बताए ।
उनले डिजिटल पेन्टस्का उत्पादनहरू २५ सहरका ७७ भन्दा बढी रङ महल ग्रुप अन्तर्गतका काउन्टर मार्फत बिक्री वितरण भइरहेको उल्लेख गरे । प्रडक्ट लन्च कार्यक्रममा डिजिटल पेन्टस् प्रा लि का अध्यक्ष भीमप्रसाद गौतम, सिइओ देवीप्रसाद गौतम, सिओओ मणिकुमार आचार्य, सिएफओ किसन खनाल, प्रोडक्सन म्यानेजर हेमराज कार्की लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments