
डा. विन्दा पाण्डेको पुस्तक ‘धर्ती माथिको दाबी’ को समीक्षा सम्पन्न
- चैत्र ६, २०७८ मा प्रकाशित
इटहरीः नेकपा एमालेनिकट बौद्धिक व्यक्तित्वहरुको साझा सँस्था नेपाल बुद्धिजिवी परिषद्को आयोजनामा नेकपा एमालेकी संघीय सांसद डा. विन्दा पाण्डेद्वारा लिखित पुस्तक ‘धर्ती माथिको दाबी’ माथि विचारविमर्श सम्पन्न भएको छ ।
सुनसरीको इटहरीस्थित होटल इन टुरिष्टको सभाहलमा हिजो सम्पन्न पुस्तक विमर्शमा इटहरीकै जनता बहुमुखी क्याम्पसकी अध्यापक तथा साहित्यकार टिका आत्रेय, धरानस्थित पिण्डेश्वर विद्यापिठका अध्यापक डा. रमेश घिमिरे तथा डा. केदार पौडेलले पुस्तकमाथि समीक्षात्मक टिप्पणी गरेका थिए । पुस्तकमाथि टिप्पणी गर्दै साहित्यकार आत्रेयले पुस्तकले महिला मुक्तिका लागि जलसमाधीमा समाहित हुने योगमाया न्यौपानेदेखि लिएर पुस्तककी लेखिका पाण्डेसम्म तीन पुस्ता निरन्तर अधिकार प्राप्तिको लडाइँमा सक्रिय भएको बताइन् । आफूलाई आमाले साँझ छिटै घर फर्कन कहिल्यै नभनेको स्मरण गर्दै आत्रेयले अहिले भने आफूले आफ्नी छोरीलाई छिटै घर फर्कन लगाउनुपरेको बताउँदै आत्रेयले नेपाली समाजको पुरुषवादी मनोविज्ञान आधुनिकतासँगै परिष्कृत हुनुपर्नेमा थप विकृत बन्दै गएको तर्क गरिन् । लेखिका पाण्डेको विद्यावारिधि उपाधिको शोधमा आधारित भएकाले पुस्तक अत्यन्त प्रमाणिक, विश्वसनीय र संग्रहणीय भएको उनको जिकिर थियो ।

यसैगरी, अर्का टिप्पणीकार डा. रमेश घिमिरेले पुस्तक ८० भन्दा बढी सन्दर्भ सामग्रीमा आधारित रहेकाले लेखिकाको तर्क प्रष्टसँग पुष्टि भएको उल्लेख गरे । पुस्तकले ऐतिहासिक कालखण्डको प्रतिनिधित्व गरेको उनको कथन थियो । अर्का टिप्पणीकार डा. केदार पौडेलले लेखिका पाण्डेको अधिकार प्राप्तिको लडाइँ १९६० मा अमेरिकामा भएको लैंगिक समानता तथा अवसरमा महिलाको पहुँच र व्यक्तिगत स्वतन्त्रता पक्षीय आन्दोलनको प्रतिबिम्ब भएको उनको जिकिर थियो । अधिकार प्राप्तिका लागि महिलाहरुले सबै प्रकारका विभेदविरुद्ध प्रतिकार गर्नुपर्ने उल्लेख गर्दै उनले आरक्षण सुविधा कमजोर वर्गलाई दिइने सहुलियत भएकाले त्यस्तो सुविधा उपभोग गरेर महिला वर्गले स्वयंलाई कमजोर वर्गका रुपमा मौन रुपमा स्वीकार गरेको बताए ।

विश्व आदर्श कलेज इटहरीका प्राचार्य लेखनाथ घिमिरेको प्रम्ख आतिथ्यमा सम्पन्न कार्यक्रममा इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतम, महिला अधिकारकर्मी रेणु अधिकारी, साहित्यकार मिथिला पोख्रेल, महिला सञ्जाल इटहरी अध्यक्ष कमला खड्का, प्रेस चौतारी नेपाल सुनसरीकी अध्यक्ष शुभद्रा प्याकुरेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सभापतित्व बुद्धिजिवी परिषद् सुनसरी अध्यक्ष भुपेन्द्र न्यौपानेले गरेका थिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments