
डढेलो नियन्त्रणमा नआउँदा फुङ्लिङका आधा बस्ती जोखिममा
- चैत्र २८, २०७९ मा प्रकाशित

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ ढुसेनी क्षेत्रमा गत शनिबार लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन । चार दिनसम्म पनि नियन्त्रणमा नआएसँगै बस्ती नजिकै आइपुगेकाले गाउँ जोखिममा पर्दै गएको छ ।
सुक्खा क्षेत्र हावाहरी चल्ने भएकाले अझ गाउँ जोखिममा परेको स्थानीय हरिप्रसाद नेपालले बताए । उनले भने, ‘डढेलो लागेको आज तीन दिन भएको, कसले लगाएको थाहा छैन । आज भने डढेलो गाउँ नजिकै आइपुगेको छ । गाउँलेहरुले गाउँ जोगाउने प्रयास गरिहेका छन् ।’
माथि बस्ती रहेको छ, भने तल सुक्खा वनमा ढडेलो लाग्दै बस्तीतिर आउन थालेको स्थानीयवासीको भनाइ छ । बस्तीमा प्रायःजसो खरको छानो भएको घर धेरै भएकाले आगलागीको बढी जोखिम भएको फुङ्लिङ नगरपालिका–८ का वडा सदस्य भुपिन्द्र मगरले बताए । उनले भने, ‘हिजो दिउँसो नगरपालिकाको दमकलको सहायताले डढेलो नियन्त्रण गर्ने प्रयास गर्यौ र मेची राजमार्गदेखि माथि जान दिएनौं । तर तल जङ्गलमा भने दमकल जान सकेन ।’ वडा सदस्य मगरका अनुसार १५ घर जति डढेलोको जोखिम परेको छ ।
यस क्षेत्रमा प्रायः प्रत्येक वर्ष डढेलो लाग्दै आएको स्थानीयवासीको भनाइ छ । आगलागी भएको जङ्गल राष्ट्रिय वन क्षेत्र पर्ने गुरुङले बताए । आगलागी भएको वनमा धेरै जसो साख्वाको, साललगायत रूख रहेको वडा सदस्य मगरले बताए । मेची राजमार्गको नजिक भएको डढेलो नगरपालिकाले दमकल प्रयोग गरेर नियन्त्रणमा लिए पनि राजमार्गदेखि तलका क्षेत्रमा भएको डढेलो भने नियन्त्रणमा लिन नसकेको मगरले बताए ।
वन, जङ्गलमा आगलागी हुनाले जनधनको क्षति मात्र नभएर, यहाँ रहेका, लोप हुन लागेका प्रजाति सधैँका लागि विलुप्त हुने र यसले गर्दा पर्यावरणलाई नै असर पुर्याउने जैविक विविधता क्षेत्रमा लामो समय काम गर्दै आएका हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए ।
राईका अनुसार ठूला जीवजन्तुहरू आगलागी हुँदा बच्न सक्ने सम्भावना धेरै रहे पनि तिनीहरूका बच्चा, स–साना घस्रने, झाडी, खर बारीजस्ता ठाउँहरूमा आफ्नो सम्पूर्ण जीवन व्यथित गर्ने प्राणीहरू सधैँका लागि हामीबाट टाढा हुने स्थिति सिर्जना हुने गरेको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments