•  ९ चैत्र २०८१
  •  7:31:58 AM

ट्रयाक्टरको ठक्करबाट वृद्धको मृत्यु

- फाल्गुन १८, २०७८ मा प्रकाशित



इटहरीः सुनसरीको गढी गाउँपालिका–६ मा ट्रयाक्टरको ठक्करबाट १ जना वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गढी–६ का ७० वर्षीय हरीलाल मगरदैता रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । गएराति ९ः०० बजे प्रदेश १–०२–००३ त नम्वरको ट्रयाक्टर पछाडि सार्ने क्रममा राम जानकी मंदिर परिसरमा बसिरहेको अवस्थामा ट्रयाक्टरको डालाले ठक्कर लागी घाइते भएका मगरदैताको उपचारको क्रममा विराटनगरस्थित विराटनगर अस्पताल (नर्सिङ होम) मा मृत्यु भएको हो ।
सवारी दुर्घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय दुहबीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

सम्बन्धित खवर