
ट्रम्पको दाबी- इरानले मलाई मार्ने प्रयास गरेको थियो तर असफल भयो
- आश्विन ९, २०८१ मा प्रकाशित

एजेन्सी । अमेरिका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफूलाई मार्न चाहेको तर त्यसमा सफल नभएको दाबी गरेका छन्। तर उसले फेरि प्रयास गर्नसक्ने आशंका पनि व्यक्त गरेका छन्। ट्रम्पले सामाजिक सञ्जालमार्फत आफ्नो ज्यानलाई इरानबाट ठूलो खतरा रहेको आरोप लगाएका हुन्।
उनले लेखेका छन्- सम्पूर्ण अमेरिकी सेना हेर्दै र पर्खिरहेको छ। इरानले प्रयास गरेको थियो तर असफल भयो। तर उसले फेरि प्रयास गर्नेछ। यो अवस्था कसैको लागि राम्रो होइन। म धेरै मानिस, बन्दुक र हतियारले घेरिएको छु। म यसअघि कहिले यति धेरै मानिसले घेरिएको थिइनँ।आफ्नो सुरक्षाका लागि थप रकम विनियोजन गरेकोमा उनले अमेरिकी संसद्लाई धन्यवाद भनेका छन्।
उनले अगाडि लेखेका छन्- रिपब्लिकन र डेमोक्र्याटिक सांसदहरू यस मुद्दामा एकजुट भएको देख्दा राम्रो लाग्यो। तर, पूर्वराष्ट्रपतिलाई हमला भयो भने त्यो आक्रमणकारीले आफ्नो मृत्युलाई निम्तो दिनुजस्तै हो।
अमेरिकी राष्ट्रपति चुनावअघि ट्रम्पको यस्तो भनाइलाई कतिपयले उनको नयाँ स्टन्टका रूपमा लिएका छन्। तर, ट्रम्पको यो भनाइपछि अमेरिकी राष्ट्रपतिको सुरक्षाका विषयमा बहस सुरु भएको छ।
अमेरिकामा आगामी नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदै छ। रिपब्लिकन उम्मेदवार ट्रम्पले डेमोक्र्याटिक पार्टीकी कमला ह्यारिससँग प्रतिस्पर्धा गर्दै छन्।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments