
टोपबहादुर रायमाझी पक्रिन विशेष ब्यूरोको ‘अपरेशन’ : पोखराको सूचनाले काठमाडौंमा समातिए
- जेष्ठ १, २०८० मा प्रकाशित

काठमाडौं : प्रतिनिधिसभा सदस्य तथा नेकपा (एमाले)का निलम्बित सचिव टोपबहादुर रायमाझी विरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी गर्यो । नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि उनी फरार भए ।
त्यस यता यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्व गृहसचिव टेकनारायण पाण्डे, खाँणका तत्कालीन स्वकीय सचिव नरेन्द्र केसी, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राई सहित १२ जना पक्राउ परे । तर रायमाझी पक्राउ नपरेपछि प्रहरी नेतृत्व तिव्र दबाबमा परेको थियो ।
रायमाझीलाई पक्राउ गर्नका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाण्डौं प्रहरी लगायतको बेग्ला बेग्लै टोली सक्रिय थियो । स्रोतका अनुसार यी टोलीले रायमाझी समात्न नसकेपछि टोपबहादुरलाई पक्राउ गर्न प्रहरी महानिरीक्षक वसन्त कुँवरले प्रहरी प्रधान कार्यालय मातहतको विशेष ब्यूरोलाई परिचालन गरेका थिए ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाण्डौं प्रहरी लगायतको बेग्ला बेग्लै टोलीले पक्राउ गर्न नसकेपछि ‘डाइरेक्ट’ आफ्नो कमाण्डमा रहेको ब्यूरोलाई प्रहरी महानिरीक्षक कुँवरले परिचालन गरेका थिए ।स्रोतका अनुसार शनिबारदेखि विशेष ब्यूरोको टोली काठमाडौं र पोखरामा सक्रिय भएका थिए । शनिबार ब्यूरोको टोली पोखरा गएका थिए । ट्रयाकिङ्गमा रायमाझीसँग नजिक रहेका एक व्यक्ति भारतबाट नेपाल आएको देखिएपछि ब्यूरोको टोली पोखरा गएका हुन् ।
पोखरामा पक्राउ परेका व्यक्तिको सूचनाको आधारमा आइतबार साँझ उनी काठमाडौंमा पक्राउ परेका हुन् । स्रोतका अनुसार उनी शनिबार साझ काठमाडौं आएका थिए ।प्रहरी उच्च स्रोतका अनुसार उनलाई बूढानीलकण्ठ र हात्तिगौंडाबीचको पासिकोटबाट नियन्त्रणमा लिइएको हो । प्रहरीले पक्राउ पुर्जी जारी गरेको ११ दिनपछि उनी आज राजधानीमा फेला परेका हुन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments