
टेम्पोमा भेटिइन् पूर्वमन्त्री भट्टराई
- बैशाख १४, २०८२ मा प्रकाशित

इटहरी । अहिले सामाजिक सञ्जालमा पूर्व शिक्षामन्त्री विद्या भट्टराईको तस्वीर भाइरल भइरहेको छ । जसमा उनी सफा टेम्पो चढेर यात्रा गरिरहेकी छिन् । केही दिनअघिसम्म मन्त्री रहेकी भट्टराई टेम्पोमा यात्रा गरिरहेको तस्वीर सार्वजनिक भएपछि उनको प्रशंसा चुलिएको हो । मन्त्रीबाट राजीनामा दिएकै दिन उनले आफ्नो सरकारी निवास र सरकारी सवारी परित्याग गरेकी थिइन् ।
उनको तस्वीर एमालेकै अर्का सांसद तारा लामा तामाङले सार्वजनिक गरेका हुन् । उनले उक्त तस्वीर तीन दिन अगाडि खिचेको तर आज सार्वजनिक गरेको बताएकी छिन् । उनले भने, ‘उहाँको सादगीपन मन परेर मैले नै खिचेको हुँ । उहाँले अन्यथा मान्नुहोला कि भनेर दुई दिन सार्वजनिक गरिनँ । अनुमति लिएर आज राखेको हुँ।’ लामाका अनुसार जारी संसद अधिवेशनको पहिलो दिनको बैठक सकिएपछि उनी डेरा फर्किनको लागि संसद भवनको ३ नम्बर गेटमा पठाओ कुरिरहेका थिए ।
त्यही क्रममा निवर्तमान मन्त्री भट्टराई पनि संसद बैठकपछि निवास फर्किने क्रममा टेम्पु चढ्दै गरेको उनले देखे । त्यसपछि उनले मोबाइलबाट केही तस्बिरहरु खिचेका थिए । मन्त्री हुनु अगाडिसम्म पनि भट्टराई सार्वजनिक सवारीसाधनमै यात्रा गर्थिन् । मन्त्रीबाट राजीनामा दिएकै दिन उनले आफ्नो सरकारी निवास र सरकारी सवारी परित्याग गरेकी थिइन् । भट्टराई नेकपा एमालेका लोकप्रिय नेता स्व. रवीन्द्र अधिकारीकी धर्मपत्नी हुन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments