
टी–२० विश्वकप छनौट : नेपाल र मलेसिया भिड्दै, आज पनि चार खेल हुँदै
- कार्तिक १४, २०८० मा प्रकाशित
काठमाडौं । घरेलु टोली नेपालले आज (मंगलबार) आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनलको दोस्रो खेल मलेसियासँग खेल्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो सवा १ हुनेछ । नेपालमा आफ्नो दोस्रो खेलमा मैदान उत्रिँदा लगातार दोस्रो जितको खोजीमा हुनेछ ।
यसअघि नेपालले प्रतियोगिताको पहिलो खेलमा सोमबार सिंगापुरविरुद्ध आठ विकेटको सहज जित निकालेको थियो । प्रतियोगिताको दोस्रो दिन पनि कुल चार खेल हुनेछन् । कीर्तिपुरमा हुने पहिलो खेलमा सिंगापुर र ओमानबीच प्रतिस्पर्धा हुनेछ ।
यस्तै, मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुने पहिलो खेलमा बहराइन र हङकङबीच प्रतिस्पर्धा हुनेछ । मूलपानीको दोस्रो खेलमा कुवेत र युनाइटेड अरब इमिरेट्स (यूएई) भिड्नेछन् ।
सोमबारदेखि सुरु भएको प्रतियोगितामा नेपालसहित कुल आठ टिम सहभागी छन् । प्रत्येक समूहमा चार टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन् । नेपालले आजको खेल बाहेक अब कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।
समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), बहराइन, हङकङ र कुवेत छन् । प्रत्येक समूहबाट शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् । यो छनोटबाट फाइनलमा पुग्ने दुई टिम आउँदो वर्ष अमेरिका र वेस्ट इन्डिजमा विश्वकपमा छनोट हुनेछन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments