
टर्की र सिरियामा विनाशकारी भूकम्पपछि मृत्यु हुनेको संख्या १५०० नाघ्यो
- माघ २४, २०७९ मा प्रकाशित
एजेन्सी । सोमबार बिहानै दक्षिणी टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि टर्की र सिरियामा कम्तीमा १,५०४ जनाको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन् । सिरियामा मात्रै कुल कम्तिमा ५९२ व्यक्तिको मृत्यु भएको छ, जसमा ३७१ धेरै जसो अलेप्पो, हामा, लाटाकिया र टार्टसका क्षेत्रहरूका हुन् ।
सिरियाली राज्य समाचार एजेन्सी सानाका अनुसार १०८९ जना घाइते भएका छन् । यसैबीच, आधिकारिक रूपमा सिरिया सिभिल डिफेन्स भनेर चिनिने व्हाइट हेल्मेट समूहले पनि उत्तरपश्चिमी सिरियाको विपक्षी नियन्त्रित क्षेत्रमा कम्तिमा २२१ जनाको मृत्यु र ४१९ घाइते भएको जनाएको छ ।
जानकारी अनुसार सयौं भग्नावशेषमा फसेका छन् । टर्कीमा कम्तिमा ९१२ जनाको मृत्यु भएको छ र ५ हजार ३८५ जना घाइते भएका छन्, टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले सोमबार टेलिभिजन सम्बोधनमा यसबारे जानकारी गराए । उद्धारकर्ताहरू भत्किएका भवनहरूको भग्नावशेषमा बाँचेकाहरूलाई खोजिरहेका छन् ।
भूकम्पको केन्द्रबिन्दु टर्की र नजिकैको सिरियाका क्षेत्रमा सबैभन्दा बढी विनाश देखिएको छ । लेबनान र इजरायलमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो तर यहाँ कुनै क्षति भएको छैन । भूकम्पको केन्द्रबिन्दु टर्कीको गाजियनटेप सहर थियो । यो सिरिया सीमाबाट ९० किलोमिटर टाढा छ ।
त्यसैले यसको वरपरका क्षेत्रमा थप विनाश भएको थियो । त्यसको प्रभाव पनि देखिन्छ । दमास्कस, अलेप्पो, हामा, लताकिया लगायतका धेरै सहरहरूमा भवनहरू भत्किएका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments