
टर्की भूकम्प : १३२ घण्टापछि सात वर्षीया बालिकाको जीवितै उद्धार, मृत्तकको संख्या २८ हजार नाघ्यो
- माघ २९, २०७९ मा प्रकाशित
एजेन्सी। टर्की र सिरिया सीमा क्षेत्रमा भूकम्प गएको १३२ घण्टापछि एक सात वर्षकी बालिकाको जीवितै उद्धार गरिएको छ । हाताय प्रान्तको भग्नावशेषबाट ती बालिकालाई निकालिएको उद्धारकर्मीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
भूकम्प गएको लामो समय र अत्यधिक चिसोका कारण मानिसहरु जीवित भेटिने आशा सकिँदै जाँदा केही चमत्कारिक उद्धार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
भूकम्प गएको एक सय घण्टापछि जीवितै उद्धार हुनेको संख्या कम्तीमा १० जना पुगेको जनाइएको छ । यस्तै सोमबार टर्कीमा गएको भूकम्पका कारण ज्यान गुमाउनेको संख्या २८ हजार नाघेको छ ।
टर्कीमा २४ हजार ६ सय १७ र सिरियामा ३ हजार ५ सय ७५ जना गरी २८ हजार १ सय ९२ जनाको ज्यान गइसकेको बीबीसीले जनाएको छ ।यसैबीच भूकम्प प्रभावित टर्कीमा सेनाले लुटपाटको आरोपमा कम्तीमा ५० जनालाई पक्राउ गरेको छ भने केही बन्दुक बरामद गरेको बीबीसीले जनाएको छ । यसअघि नचिनेका समूहबीच झडप हुँदा उद्धार कार्य प्रभावित भएको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments