
झ्याप्प झ्याप्प किन गइरहेको छ बिजुली? प्राधिकरणले दियो ३ कारण
- बैशाख १२, २०८२ मा प्रकाशित

इटहरी । सुख्खायाममा भारतबाट विद्युत् नआउँदा साँझको समयमा औद्योगिक क्षेत्रले विद्युत् पाउनसकेकोे छैन।काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा समेत बारम्बार विद्युत् जाने गरेको छ।विद्युत् प्राधिकरणमा नयाँ कार्यकारी निर्देशक आएसँगै विद्युत् आपूर्तिमा देखिएका केही यस्ता समस्याले कतै लोडसेडिङ त हुने होइन भन्नेजस्ता डर आम मानिसमा समेत देखिएको छ।
तत्कालीन कार्यकारी निर्देशक कुलमानले व्यवस्थापन राम्रो गर्दा घरायसी ग्राहकले लोडसेडिङ व्यहोरेका थिएनन्। विभिन्न कारणले विद्युत् जाँदा पनि छिट्टै आउने गर्थ्यो। अहिले त्यस्तो नभएको कारण मानिसहरुमा चासो बढेको हो।यहीबीच ढल्केबर, थानकोटका सबस्टेसनमा आगलागी भयो। यसले पनि विद्युत् प्राधिकरणको व्यवस्थापनमा कमजोरी भएको हो कि भन्ने प्रश्न उठिरहेको छ।
तर प्राधिकरण भने मुख्यतः ३ कारणले विद्युत् आपूर्तिमा समस्या भएको र तत्काल समाधानको प्रयास गरिरहेको बताउँछ।‘चैत १५ गतेयता विभिन्न ठाउँमा हावाहुरी र पानीका कारण समस्या भएको हो’, विद्युत् प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारले भने, ‘रुखका हाँगा काट्ने, विद्युतको तार अन्डरग्राउन्ड परीक्षण र प्रि–मनसुनमा हावाहुरीले केही समस्या देखिएको सत्य हो।’सबै वितरण केन्द्रलाई समस्या आउनेबित्तिकै समाधानमा लाग्न निर्देशन दिएको उनको भनाइ छ।
‘सर्वसाधारणको घरमा विद्युत् अपुग भएको कारण लाइन कटौती गरेका छैनौँ’, शिल्पकारले थपे, ‘प्राविधिक समस्याले बेला–बेला लाइन जाने गरेको छ। मर्मतको समयमा त हामीले सूचना नै जारी गरिरहेका हुन्छौँ तर धेरैलाई जानकारी दिने गरेका छौँ।’४–५ दिनयता भारतले रातिको समयमा विद्युत् दिन छाडेको छ। हिमाली भागमा हिउँ पग्लिँदा केही मेगावाट बढी उत्पादन भए पनि मागअनुसार धान्न अझै नसकेको प्राधिकरणको स्वीकारोक्ति छ।
‘माथिल्लो तामाकोशीमा पानीको स्रोत बढेको छ। भारतबाट विद्युत् नआउँदा पिकिङ आवरमा चलाउने गरेका छौँ’, उनले भने, ‘हिमाल पग्लिँदै जाँदा सर्वसाधारणसँगै औद्योगिक क्षेत्रलाई पनि सहज हुन्छ।’प्राधिकरणका अनुसार सुख्खा मौसममा नदीनालाको वहाव कम भएकोले जलाशय र सौर्य ऊर्जासहित आन्तरिक उत्पादन औसत १ हजार १७५ मेगावाट छ। हालको उच्च माग (पिक लोड) २ हजार ७७ मेगावाट र सो समयमा अधिकतम उत्पादन १ हजार ५९३ मेगावाट छ।
भारतबाट पीईसीमार्फत बेलुका ६ बजेदेखि बिहान ६ः०० बजेसम्म १३२ केभी लाइनमार्फत अधिकृतमा ३५० मेगावाट विद्युत् आपूर्ति गर्ने अनुमति पाएकोमा हाल मैनैया सम्पतिया लाइनबाट बिहान २ देखि ६ र बेलुका ६ देखि ७ गरी जम्मा ५० मेगावाट मात्र विद्युत् आपूर्ति भइरहेको प्राधिकरणले जनाएको छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments