
झारफुककाे विश्वास गर्दा १५ वर्षदेखि ओछ्यानमा मिलन गिरी
- फाल्गुन १८, २०७८ मा प्रकाशित
खोटाङ: खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१० पाथेका (डाँडागाउँ)का मिलन गिरी २४ वर्षका भए । हाल उच्च शिक्षा अध्ययन गरिरहेको वा कुनै न कुनै पेसा व्यवसाय अंगाल्नु पर्ने उमेरमा उनी हल न चल भएर ओछ्यानमा लड्न वाध्य छन् । १५ वर्षअघि रुखबाट लडेको चोटका कारण आफैँ ओल्टोकोल्टोसमेत गर्न नसक्ने अवस्थामा छन् मिलन । झट्ट अनुहार हेर्दा स्वस्थजस्तो देखिए पनि घाँटीमुनिका अंग सुकेर दाउरा जस्तो बनेको छ ।
मिलन बाल्यकालमा मावली घर ऐंसेलुखर्क गाउँपालिका-५ महेश्वरीमा बस्थे । कक्षा २ मा अध्ययनरत् रहेको बेला उनी २०६२/०६३ मा दुधिलोको घाँस काट्न रुखमा चढेको अवस्थामा लडेर जमिनमा बजारिन पुगे । जमिनमा बजारिँदा मिलनको कम्मरमुनिको भाग चल्न छाड्यो । ठमठम कुद्दै घाँस काट्न गएका मिलन यता उता सर्न पनि घस्रनुपर्ने अवस्थामा घर फर्किए । उनी उभिन सक्दैनथे । कमजोर आर्थिक अवस्थाका कारण उनलाई स्वास्थ्य संस्थामा उपचारमा लगिएन । बरु धामी झाँक्री लगाइए, झारफुक गरिए । तर, मिलनको मेरूदण्ड निको हुनुको सट्टा झन कमजोर बन्दै गयो । घस्रेरै दिसापिसाव गर्ने गरेका मिलनलाई मावलीबाट २०६५ सालमा घरमा लगिए ।
घरमा पनि मिलन आफैँ घस्रेर शौचालय जाने आउने गर्थे । पिँढीमा बसेर आफैँले लेखेको कविता वाचन गरेर छिमेकीलाई सुनाउँथे । उनको कविता सुनेर कतिपय आफन्त रुन्थे । तर, २०७२ सालपछि भने उनी ओछ्यानबाट उठ्न सकेका छैनन् । शरीर सुकेर निलो भएको देखिन्छ । दिसा पिसाबसमेत ओछ्यानमै गर्न बाध्य छन् । उनको दुबै खुट्टा र दाहिने हात खुम्चिएको छ । खुम्भिएको हात खुट्टा तन्किँदैन । देब्रे हात मात्र सामान्य चलाउन सक्छन् ।
उनले त्यही देब्रो हातले सुतीसुती खाना खाने गरेका छन् । मोबाइल चलाउने गरेका छन् । उनलाई माइली आमातर्फकी बहिनी मञ्जिता गिरीले हेरचाह गर्नेगरेकी छन् । कक्षा ९ मा अध्ययनरत १६ वर्षकी मञ्जिता घर व्यवहार सम्हाल्नुपर्ने भएका कारण अधिकांश कक्षा छुटाउन वाध्य छिन् ।
बुबा जीतबहादुर गिरी मिस्त्रीका काम गर्छन् । आमा नरमायाको २०६५ सालतिरै मृत्यु भइसकेको छ । नरमायाको पनि शरीर नचल्ने समस्या देखिएको केही समयपछि मृत्यु भएको स्थानीय बताउँछन् । मिलनलाई शुभेच्छुकले टिभी किनेर राखिदिएका छन् । उनले त्यही टिभि हेरेर समय कटाउने गरेका छन् ।
लामो समयदेखि ओछ्यानमा थला परेका मिलनले २ वर्षअघिदेखि मात्र अपांगता वापतको सामाजिक सुरक्षाभत्ता पाउन थालेको स्थानीय इन्द्रबहादर गिरी बताउँछन् । उनलाई (क) वर्गको अपांगताको परिचयपत्र प्रदान गरिएको छ । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments