
झापा १ बाटै चुनाब लड्ने शर्माको चाहना
- भाद्र १५, २०७९ मा प्रकाशित
विर्तामोड । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा झापा क्षेत्र नं. १ बाट उम्मेदवार भई बिजयी हुने बताएका छन् ।
झापाको विर्तामोडमा सोमबार आयोजित एक कार्यक्रममका शर्माले अघिल्ला दुई निर्वाचनमा पराजित भएको भएपनि यसपटक आफ्नो पक्षमा माहोल बनेको दावी गरे ।
शर्मा २०७० र २०७४ को निर्वाचनमा झापा १ बाट पराजित भएका थिए । २०७० सालको निर्वाचनमा नेकपा एमालेका नेता रविन कोइरालासँग ६८९ मत अन्तरले पराजित भएका उनी २०७४ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रका नेता राम कार्कीसँग २ हजार ८६३ मतअन्तरले पराजित भएका थिए ।
सत्तारुढ गठबन्धनबीच यसअघिको निर्वाचनमा चुनाब जितेका क्षेत्रमा सम्बन्धित दलको नै उम्मेदवार हुनेगरि भागबण्डा हुने चर्चा चलिरहेको बेला शर्माले गठबन्धन दलको तर्फबाट झापा १ मा उम्मेद्वार बन्न चाहेको बताएका हुन् । अघिल्लो निर्वाचनमा जुन पार्टी जहाँबाट जितेको थियो, सोही ठाउँमा त्यही पार्टीका उम्मेदवारलाई यसपटक टिकट दिने गठबन्धन दलबीच मापदण्ड बनेकाले आफूले टिकट पाइहाल्ने निश्चित भइनसकेको शर्माले बताए । निर्वाचनमा उम्मेदवार बन्न पाएको अवस्थामा भने झापा १ मै उम्मेदवार बन्ने उनको भनाइ छ ।
दुई पटकको ट्रायलमा सफल हुन नसकेको भएपनि तेस्रो पटकको ट्रायल पास गर्ने उनको विश्वास छ । ‘काट्नेले तीन पटकमा अवश्य राँगो छिनाउँछ भन्ने छ’ उनले भने, ‘तीन पटकमा आफू पनि कसो नजितिएला र ?’ पार्टीभित्र प्रवक्ता अनि त्यसपछि महामन्त्रीको जिम्मेवारी थप्दैगर्दा निर्वाचनमा पटक–पटक हार्नु आफ्नो लागि राम्रो नभएको उनले बताए ।
वीरता मिडिया हाउसले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव कृष्ण हुमागाई, नेकपा एमालेका जिल्ला सदस्य देवराज कार्की, नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य गोविन्दचन्द क्षेत्रीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा पत्रकारहरु नकुलकाजी पाण्डे, राजबाबु शंकर र भारती राईलाई पुरस्कृत गरिएको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments