
झापा, मोरङ र सुनसरीमा जंगली हात्तीको आक्रमणबाट एक सातामा ३ जनाको मृत्यु
- मंसिर १९, २०८० मा प्रकाशित

इटहरी । एक साताको अवधिमा जंगली हात्तीको आक्रमणबाट कोशी प्रदेशका तीन जिल्लामा तीन जनाको मृत्यु भएको छ। मोरङ, झापा र सुनसरीमा जंगली हात्तीको आक्रमणमा परेर तीन जनाको मृत्यु भएको हो।मोरङको बेलबारीमा जंगली हात्तीले आक्रमण गर्दा सोमबार लेटाङ- ३ का ५३ वर्षीय कमल माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रन्जन दाहालले जानकारी दिए।
साइकलमा गन्तव्य तर्फ जाँदै गरेका माझीलाई बेलबारी नगरपालिका–१० भाउन्नेस्थित सिर्जना सामुदायिक वन क्षेत्रमा सोमबार बिहान हात्तीले आक्रमण गरेको थियो। हात्तीको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।यसअघि गएको शुक्रबार झापाको हल्दिबारीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो।
हल्दीबारी गाउँपालिका-३ मा रहेको रणकाली सामुदायिक वनका चौकीदार (वनहेरालु) ४० वर्षीय धनबहादुर वनको हात्तीको आक्राणबाट मृत्यु भएको हो।
शुक्रबार बिहान जंगल सुरक्षाको लागि गएका वनको हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।यसअघि सुनसरीको इटहरीमा पनि जंगली हात्तीको आक्रमणबाट एक युवकको मृत्यु भएको थियो।
इटहरी उपमहानगरपालिका २ स्थित बुढासुब्बा चोकमा गएको बुधबार राति हात्तीले आक्रमण गर्दा स्थानीय २५ वर्षीय रविन खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। नजिकैको बजारबाट घर फर्किंदै गरेका खड्काको पनि जंगली हात्तीको आक्राणबाट घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
पछिल्लो समय कोशी र मधेश प्रदेशमा पर्ने तराईका जिल्लाका जंगली हात्तीको आतंक बढेको स्थानीयले बताएका छन्। हात्तीले बालीनाली खाइदिँदा किसान पनि चिन्तित छन्। उनीहरुले जंगली हात्ती नियन्त्रणको लागि सरकारसँग माग गर्दै आएका छन्।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments