
झापामा हात्ती आतंक : ज्यान जाेगाउनकै लागि बसाइ सर्नेको संख्या बढ्यो
- फाल्गुन २, २०८० मा प्रकाशित
झापा । झापाको कचनकवल गाउँपालिकामा हात्ती आक्रमणबाट ज्यान जोगाउनका लागि बसाइ सर्नेको सङ्ख्या बढ्न थालेको छ। दैनिक आउने जङ्गली हात्तीबाट जनधनको क्षति हुन थालेपछि स्थानीय बसाइ सर्न थालेका हुन् । पालिकामा चार वर्षको अवधिमा एक हजार छ सय आठ घर परिवार बसाइ सरेर पालिकाभन्दा अन्यत्र स्थानमा गएको पालिकाको तथ्याङ्कमा उल्लेख गरिएको छ।
कचनकवल–१ घेराबारी निवासी ५५ वर्षीया सीता सुवेदीले हात्तीले पटकपटक घर भत्काएर अन्नबाली खाएपछि आफ्नो परिवार बसाइ सर्न बाध्य भएको बताइन्। हाल उनको परिवार गत जेठमा हात्तीले घर भत्काएर भण्डारण गरेको अन्नबालीसमेत खाइदिएपछि कमल गाउँपालिका–६ मङ्गलबारे डेरा गरेर बसेको छ।
‘दुःख गरेर घर बनायो वर्ष दिन नपुग्दै हात्तीले भत्काइदिन्छ’, उनले भनिन्, ‘धेरैपटक घर भत्काएपछि हामीलाई पनि कुन दिन सुतेकै ठाउँमा मार्छ होला भन्नेभयो, अब नहुने रहेछ भन्ने लागेर ज्यान जोगाउनकै लागि बसाइ सर्यौं।’ चार दशकदेखि सो स्थानमा बसोबास गर्दै आएको सुवेदी परिवार हात्तीबाट ज्यान जोगाउन बसाइ सरेको हो।
उनले अनुसार दिनभर जलथल जङ्गलमा बस्ने जङ्गली हात्ती साँझ नपर्दै दैनिक गाउँ पसेर आतङ्क मच्चाउन थालेपछि बाध्य भएर सुवेदी परिवारलगायत अन्य स्थानीय पनि सुरक्षित स्थानमा बसाइ सर्न थालेका हुन्। हाल कचनकवलका वडा नं १, २ र ३ बाट बसाइ सर्नेको सङ्ख्या बढिरहेको छ।
पालिकाका राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण शाखाका प्रमुख खेमराज भट्टराईले प्रत्येक वर्ष अन्य स्थानबाट आउनेको तुलनामा तेब्बर सङ्ख्या बसाइ सरेर अन्यत्र गइरहेको जानकारी दिए। उनले चार वर्षको अवधिमा अन्य स्थानबाट बसाइ सरेर आउनेको सङ्ख्या सात सय ५९ रहेको र जानेको सङ्ख्या एक हजार छ सय आठ रहेको बताए।
विसंं २०७७ मा चार सय २६, २०७८ मा चार सय ४६, २०७९ मा चार सय ३० र २०८० को हालसम्ममा तीन सय छ परिवार पालिकाबाट बसाइ सरेर अन्य स्थानमा गएका छन्। यस क्षेत्रबाट मानिसहरु विर्तामोड, दमक, चारआली, बुधबारेलगायतका क्षेत्रमा बसाइ सरेर गएका छन्।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments