
झापामा सशस्त्र प्रहरीको आतंक : ६ स्थानीयमाथि खुकुरी प्रहार, गम्भीर अवस्थामा उपचार हुँदै
- फाल्गुन १९, २०८० मा प्रकाशित

झापा । सशस्त्र प्रहरीले झापाको काँकाडभिट्टामा स्थानीयमाथि खुकुरी प्रहार गरेको छ । सशस्त्र प्रहरीले खुकुरी प्रहार गर्दा ६ जना स्थानीय घाइते बनाएका छन् । उनीहरू सख्त घाइते भएका छन् । उक्त घटना काँकडभिट्टास्थित नेपाल–भारत सीमास्तम्भ नम्बर ९०२ र ९०३ नजिक भएको हो ।
काँकडभिट्टाको गैरीगाउँमा तस्करी नियन्त्रणको लागि भनेर आएको प्रस्तावित सीमा सुरक्षा गुल्म, काँकडभिट्टाका सशस्त्र प्रहरी र स्थानीयबीच भनाभन हुँदा सशस्त्र प्रहरीका कोट मास्टर र ड्राइभरले खुकुरी निकालेर हानेको स्थानीयले जानकारी दिएका छन् । खुकुरी प्रहारबाट दीपा बातरको हातको औला काटिएको छ । हरि बातरको छातीमा गहिरो चोट लागेको छ ।
विशेष राजबंशीको हात काटिएको छ । स्थानीय मिलन चापागाईंको हात काटिएको बताइएको छ । दीपक बातर र आनह यादवलाई जीउमा चोट लागेको छ । घाइतेको उपचारका लागि बीएण्डीसी अस्पताल लगिएको जनाइएको छ । ‘हाम्री एक बहिनीलाई सशस्त्र प्रहरीले भाटैभाटाले हानेछ । कसले कुट्यो भन्दा सशस्त्रले भनिन्,’ हरि बाँतरले भने, ‘किन कुटेको भनेर सशस्त्रलाई सोध्दा तँ भाग अहिले कति बज्यो, घरभित्र छिर भनेर गाडी रोकेर खुकुरी झिकेर हान्न थाल्यो । जो आउँछ त्यसैलाई मार्छु भन्न थाल्यो ।’ स्थानीय आनन्द यादवले सशस्त्र प्रहरीले गोली हान्ने धम्की दिँदै स्थानीयमाथि हातपात गरेको बताए ।
काँकडभिट्टा क्षेत्रमा विगतदेखि नै सशस्त्र प्रहरीले आतंक मच्चाउँदै आएको छ । कहिले तस्करले लाइन नदिएको भन्दै कुटपिट गर्दै आएको छ भने कहिले आफ्नै कर्मचारीमाथि हातपात गर्दै आएको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता राजेन्द्र खड्काले भने, ‘काँकडभिटामा घटना भएको हो । तर बाहिर भनिए जस्तोे होइन, बुझ्दैछु, बुझेर यथार्थ बताउनेछु ।’ स्थानीयसँगको झडपमा सशस्त्र प्रहरीतर्फका पनि केही घाइते भएको सशस्त्र प्रहरी बल २ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक कवीन्द्र राईले जानकारी दिएका छन् ।
उनले ड्युटीमा रहेका सशस्त्र प्रहरीमाथि हुलहुज्जत गर्दा घटना भएको दाबी गरेका छन् । पूर्वी नाकामा सशस्त्र प्रहरी पटकपटक विवादमा आउने गरेको छ । गत जेठमा सादा पोसाकमा खटिएका सशस्त्र प्रहरी निरीक्षक नवलप्रभात राई नेतृत्वको टोलीले मेचीनगरस्थित सीमा नाकामा खटिएका आफ्नै प्रहरी कर्मचारीमाथि कुटपिट गरेको थियो । जसका कारण सशस्त्र प्रहरी निरीक्षक राई निलम्बनमा समेत परेका थिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments