
झापामा संगठन सुदृढ बनाउँदै माओवादी केन्द्र
- फाल्गुन २८, २०७९ मा प्रकाशित
झापा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्र झापा क्षेत्र नं. ३ (क)ले संगठन सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान सुरु गरेको छ ।झापाको भद्रपुरमा एक कार्यक्रमकाबीच पार्टीले औचापरिक रुपमा अभियान सुरु गरेको हो । अभियानको प्रमुख अतिथि पार्टीका कोशी प्रदेश उपाध्यक्ष मणिकुमार साम्पाङ (विजय)ले उद्घाटन गरे ।
जनता नै पार्टीको मूल आधार भएकाले जनतासँगको सम्बन्धलाई अझ बलियो बनाउनु पर्नेमा उनले जोड दिए । ‘जनजीविकासँग जोडिएका हरेक कुरालाई प्राथमिकता दिँदै पार्टी गतिविधि अघि बढाउनु पर्छ’, उनले भने, ‘पार्टीले उठाएका मुद्दा र सरकारमा गरेका कामको प्रचार–प्रसार गर्न जरुरी छ ।’
कार्यक्रममा माओवादी केन्द्र झापा क्षेत्र नं. ३ का संयोजक डिल्ली घिमिरे (हिक्मत)ले अभियानकाबारे प्रकाश पारेका थिए । उनले पार्टीले उठाएका मुद्दामा मुलुक चलिरहे पनि त्यसको जानकारी आमनागरिकमा नहुँदा अरुले फाइदा उठाइरहेको बताए ।
अभियान उद्घाटन समारोहमा पार्टीका जिल्ला सदस्य पञ्चानन्द राजवंशीले पार्टीले जारी गरेको सर्कुलरका बारेमा जानकारी गराए । कार्यक्रममा पार्टीका प्रदेश सल्लाहकार सदस्य लेखनाथ पौडेल, नरपति चापागाईं, जिल्ला सदस्य बालकृष्ण दंगाल, पार्टीका भद्रपुर नगर सहइञ्चार्ज पुकार राजवंशी सहीद परिवारका विवेक राई, गुरु घिमिरे लगायतको आतिथ्य रहेको थियो ।
पार्टीका भद्रपुर नगर अध्यक्ष शिवकुमार राजभण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपाध्यक्ष कुमारीस्वर्गीका सिंहले स्वागत गरेका थिए ।
अभियान अन्तरगत झापा क्षेत्र नं. ३ (क) मा रहेका स्थानीय तहहरुको समग्र विकासका लागि गुरुयोजना निर्माण एवम् वडागत विकासका लागि प्रत्येक वडामा जिल्ला सदस्यलाई जिम्मेवारी समेत तोकिएको नगर अध्यक्ष राजभण्डारीले जानकारी दिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments