
झापामा ‘वाटर किंङ्डम पार्क संस्कृति उत्थान महोत्सव २०७९’ हुने
- माघ ९, २०७९ मा प्रकाशित
झापा । झापाको शिवसताक्षीमा ‘वाटर किंङ्डम पार्क संस्कृति उत्थान महोत्सव २०७९’ आयोजना हुने भएको छ । नगरको वडा नम्बर ८ स्थित वाटर किंङ्डम पार्क एण्ड रिसोर्ट प्रालिले महोत्सव आयोजना गर्ने भएको हो । फागुन १ देखि ५ गते सम्म आयोना हुने उक्त महोत्वस संभवत झापामा पृथक हुने अनुमान गरिएको छ ।
आदिवासी जनजातिको परम्परागत तथा मौलिक संस्कृतिको जर्गेना गर्ने उद्देश्यले महोत्स आयोजना गरिने आइतबार पार्कका आयोजित पत्रकार सम्मेलनमा संचालक राजकुमार संग्रौलाले बताए । उनले भने, ‘कम्तिमा एक लाख आन्तरिक तथा बाह्य पर्यटकले महोत्सवको अवलोकन गर्नेछन् ।’
विभिन्न जातजातिका मौलिक संस्कृति, भेषभूषा, कला, भाषा र लिपीलाई जगेर्ना गर्दै भावी पुस्तालाई सुशिक्षित गराई सांस्कृतिक मूल्य मान्यतालाई जीवन्त बनाउन महोत्सवको आयोजना गरिएको पार्क सञ्चालक संग्रौलाले बताए ।
उनले महोत्सवमा प्रत्येक दिन अलग अलग समुदायका मौलिक परिकारहरुको फुड स्टल, बाजागाजा, हातहतियार, पोशाक, लिपीहरुको प्रदर्शनी गरिने बताए । महोत्सव अवधिभर पार्कले सर्वसाधरणकालागि निःशुल्क प्रवेशको व्यवस्था मिलाएको छ ।
उहाँले महोत्सवको अन्तिम दिन पूर्व मै पहिलोपटक नेपालको चर्चित सांगीतिक समूह १९७४ एडीको सांगीतिक कार्यक्रम रहने जानकारी दिए । सो कार्यक्रम हेर्नका लागि भने प्रवेश शुल्क तोकिएको उहाँको भनाई छ ।
यो पार्क २०७७ सालबाट सञ्चालनमा आएको हो । संग्रौलाको करिब ५७ करोडको एकल लगानीमा पार्क सञ्चालन भइरहेको छ । पार्कमा एक बर्षमा एक लाख बढी आन्तरिक तथा बाह्य पर्यटक भित्रिएका छन् ।
उनले युवाहरुलाई समयसापेक्ष व्यवसायिक सिप माध्यमबाट स्वदेशमै स्वरोजगार बनाउने उद्देश्यले आगामी बैशाखदेखि कुकिङ, कलिनरी आर्ट, बेकरी, बारिष्टालगायतका सीटिइभीटीबाट मान्यताप्राप्त व्यवसायिक कोषको समेत सञ्चालनको तयारी रहेको जानकारी दिए ।
पार्कमा मुख्य आषर्कणको रुपमा रहेको जीप लाइन राइडिङ, जीप साइक्लिङसहित स्विमिङ पुल, बेभपुल, सावर डान्स, वाटर स्लाइड, किड पुलमार्फत पर्यटकलाई मनोरञ्जन दिने गरिएको उनको भनाई छ । प्रदेश नम्बर १ मै पहिलोपटक सञ्चालनमा आएको यस वाटर पार्कभित्रै सुविधासम्पन्न होटल,लज, रेस्टुरेन्ट, पार्टी प्यालेससमेत सञ्चालनमा छ ।
महोत्सव अवधिभर विएण्डसी अस्पतालको विशेषज्ञ टोलीले निःशुल्क स्वास्थ्य शिविर साथै क्यान्सर सम्बन्धी सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने पार्ककी संचालिका मेनुका संग्रौलाले बताएकी छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments