
झापामा लिङ्देनविरुद्ध बागी उठेका गिरी फोन अफ गरेर बेपत्ता
- आश्विन २७, २०७९ मा प्रकाशित
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्धमा उम्मेदवारी दिएका एमाले नेता डम्बरबहादुर गिरीले उम्मेदवारी कायमै राखेका छन् ।झापामा एमाले र राप्रपाबीच गठबन्धन छ ।
गठबन्धन हुँदा एमालेले ३ नम्बर क्षेत्र राप्रपा अध्यक्ष लिङ्देनका लागि छोडेको थियो भने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राप्रपाले सघाउने सहमति भएको थियो ।तर, गिरीले उम्मेदवारी दर्ता गराएपछि मोवाइल अफ गरेर वेपत्ता भएपछि उनको उम्मेदवारी फिर्ता भएन ।
राप्रपा झापाका अध्यक्ष केशव ओझाकाअनुसार गिरी भारततिर लागेका छन् ।‘एमाले नेता गिरीको उम्मेदवारी फिर्ता भएन,’ ओझाले भने, ‘मोवाइल अफ गरेर भारततिर लागेको भन्ने खबर आएको छ ।’ ओझाले उनको उम्मेदवारीले आफूहरुलाई खासै असर नपर्ने बताएका छन् ।
गिरी एमालेका प्रदेश १ कमिटी सदस्य तथा स्थानीय तह निर्वाचनमा हल्दीबारी गाउँपालिकाको अध्यक्षमा पराजित उम्मेदवार हुन् । सो क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला उम्मेदवार बनेका छन् । गिरीको उम्मेदवारीले सिटौलालाई फाइदा हुने सत्ता पक्षका एक नेताले बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments