
झापामा युवती प्रयाेग गरेर व्यवसायीलाई अपहरण : ४० करोड भारु फिरौती माग: १० दिनपछि सकुशल उद्धार
- माघ १७, २०७९ मा प्रकाशित
झापा । प्रहरीको सक्रियताका कारण अपहरणमा परेका बिर्तामोडका एक युवक सकुशल मुक्त भएका छन् ।झापाको बिर्तामोड–२का १९ बर्षीय राजीव बस्नेत गतमाघ ५ गते अपहरणमा परेका थिए । साथीसँग इलामको श्रीअन्तु घुम्न जाने भन्दै घरबाट निस्किएका बस्नेत अपहरणमा परेका हुन् ।प्रदेश नं. १–०१–०१५प ८०९६ नम्बरको स्कुटरमा घरबाट निस्किएका बस्नेतको केही क्षणमा नै फोन स्वीच अफ भएपछि उनको खोजी शुरु भएको थियो ।
साथीसँग घुम्न जाने भनेका कारण उनको खोजतलासमा केही ढिलाइ भए पनि प्रहरीको सक्रियताले उनलाई सकुशल मुक्त गर्न सकिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिए ।
उनको अपहरण गरेर फिरौती मागेपछि प्रहरीले अनुसन्धानलाई फराकिलो बनाउँदै भारतको मणिपुर प्रहरीसँग समन्वय शुरु गरेको थियो । सोही क्रममा अपहरणको मुख्य योजनाकारका रुपमा रहेका मणिपुरका राजु भण्डारीले पक्राउ पर्ने डरले किशोरलाई बिना शर्त माघ १४ गते बेलुका बुट्टाबारीस्थित जंगल छेउमा छाडेको प्रहरी नायव उपरीक्षक कुँवरले जानकारी दिए ।
अपहरणमा संलग्न रहेको आशंकामा एक जनलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको र नेपाल तथा भारतमा रहेका अपहरणमा संलग्नहरुको पहिचान भइसकेको प्रहरी नायव उपरीक्षक कुँवरले बताए । उनले भने– अपहरणमा संलग्नहरुको गिरोह निक्कै ठूलो छ, यिनीहरुको पहिचान भएसँगै हामीले खोजीलाई तीब्र बनाएका छौं । घरायसी लेनदेनका कारण किशोर अपहरणमा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । अपहरणमा संलग्नहरुले ४० करोड भारतीय रुपैयाँ फिरौती माग गरेको जनाइएको छ ।
यसरी भएको थियो अपहरणको योजना
मणिपुरका राजु भण्डारीले बिर्तामोडका कमल बस्नेतसँग लेनदेन रहेको भन्दै उनलाई प्रभावमा पारेर रकम असुल गर्ने योजना बनाउँछन् । उनकै योजना अनुसार उनले नेपालमा प्रतीक्षा योङ्हाङसँगको सल्लाहमा आफ्नो योजनालाई अगाडि बढाउँछन् । सोही क्रममा प्रतीक्षाको घरमा अध्ययनका लागि बसेका दिपीका लिम्बू र कौशिका लिम्बूलाई योजनाको सम्पूर्ण कुरा जानकारी गराएर उनीहरुले योजना सफल भएमा जनही २५÷२५ लाख रुपैयाँ दिएर बिदेश पठाइदिने आशा देखाउँछन् ।
विगत छ महिनादेखि योजना बनाएर उनीहरु बस्नेत परिवारलाई निशानामा राखिरहेका हुन्छन् । सोही क्रममा १९ बर्षीय राजीवलाई अपहरण गर्न सजिलो हुने भएकाले प्रतीक्षाको घरमा रहेका दिपीका र कौशिका उनको नजिक हुन्छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान गरेर उनीहरु सोही क्रममा माघ ४ गते सालबारीको झिलमा घुमफिर गर्न जान्छन् ।
उनीहरु माघ ५ गते एक रातसँगै श्रीअन्तु जाने योजना बनाउँछन् । सोही योजना अनुसार राजीव घरबाट श्रीअन्तु जाने भन्दै निस्किएका थिए । उनीहरु निस्किए लगत्तै युवतीलाई प्रयोग गरेर अपहरणमा संलग्नहरुले बस्नेतलाई बोलेरो गाडीमा राखेर नेपालकै कुनै एक भूभागमा लगेर बन्धक बनाएर मणिपुरी र नेपाली भाषामा फिरौती रकम माग्न शुरु गर्छन् ।
प्रहरीसँगको तालमेल नमिल्दा अपहरणमा संलग्न एक युवा फरार भए पनि उनको मोटरसाइकल प्रहरीले पक्राउ गर्न सफल भयो । अपहरणको मुख्य योजनाकारको पहिचान भएसँगै प्रहरीले भारतीय प्रहरीसँगको समन्वयमा उनलाई पक्राउ गर्ने योजना थाह पाएपछि मुख्य योजनाकार राजु भण्डारी बस्नेतलाई निशर्त छोड्न बाध्य भएको प्रहरीले जनाएको छ । प्रहरी अपहरणमा संलग्नमध्ये प्रतीक्षा योङ्हाङलाई बिर्तामोडबाट पक्राउ गर्न सफल भयो । उनी पक्राउ परेसँगै अपहरणका योजनाका बारेमा धेरै कुरा खुलेको प्रहरी नायव उपरीक्षक कुँवरले जानकारी दिए ।
अपहरणमा भारतका शरद थापा मगर, एप्पल थापामगर, गुलाम, कृष्ण हजाम तथा चुनाव योङ्हाङको पहिचान गरेर खोजी कार्य तीब्र बनाएको जनाइएको छ । प्रहरीका अनुसार आपराधिक समूह निकै ठूलो रहेकाले उक्त समूहको खोजी गरेर पक्राउ गर्नका लागि सबै पक्षसँग समन्वय गर्ने काम भइरहेको छ । नेपाल र भारतीय प्रहरीको सहयोगमा आपराधिक गतिविधिमा संलग्नहरुलाई छिट्टै पक्राउ गर्न सफल हुने प्रहरीले विश्वास लिएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments