
झापामा पर्यटक लोभ्याउन निजी लगानीमा भ्यूटावर
- माघ २६, २०७९ मा प्रकाशित
झापा । विर्तामोडको मुक्तिचोकबाट दुई किलोमिटर दक्षिणमा पर्यटक आकर्षित गर्ने उद्देश्यका साथ निजी लगानीमा नौतले भ्यूटावर निर्माण भएको छ ।शिक्षासेवी जयनारायण ढुङ्गानाले बिर्तामोड–२ मा आठ बिघा निजी जग्ग्गामा निर्माण गर्नुभएको श्रीजय ड्रिमल्याण्ड पार्कमा रु एक करोड लगानीमा भ्यूटावर बनाउनुभएको हो ।
झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा रहेको यो भ्यूटावर र पार्कले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने सम्भावना रहेको स्थानीय विजय बराल बताउनुहुन्छ ।चार दशकअघि जिल्लाकै पहिलो कनकाई अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय स्थापना गर्नुभएको शिक्षासेवी ढुङ्गाना पछिल्लो समय पर्यटकीय पार्क निर्माणमा जुट्नुभएको हो । सो पार्कमा लिची, आँप, अम्बालगायतका विभिन्न प्रजातिका फलफूलका बोट हुर्किएका छन् ।
घुमफिरका लागि आउने पर्यटकले बगैँचामा ताजा फलफूल किनेर खान पाउनुका साथै दृश्यावलोकन गर्न सक्नेछन् ।ढुङ्गानाले विगत छ वर्षेदेखि पार्क निर्माण सुरु गर्नुभएको हो । “मलाई पार्कमा पर्यटकको घुइँचो लगाएर पैसा कमाउला भन्ने छैन”, उहाँले भन्नुभयो, “समाजलाई शिक्षा दिने र पर्यावरणलाई स्वच्छ बनाउने सोचले ग्रीन पार्कको परिकल्पना गरेको हुँ ।”
उहाँले पार्कभित्र निर्माण गर्नुभएको नौतले भ्यूटार एक सय नौ फिट अग्लो छ । जहाँबाट झापाका विभिन्न स्थानको दृश्यावलोकन गर्न सकिन्छ । टावरको आठ तलासम्म सपिङ कम्प्लेक्स सञ्चालनको तयारी भइरहेको उहाँले बताउनुभयो ।
पार्कको औपचारिक उद्घाटन हुन बाँकी छ । तर आन्तरिक पर्यटक भने घुम्न आउन थालिसकेको उहाँले बताउनुभयो । पार्कमै सेमिनार र वनभोज कार्यक्रम गर्न सकिने स्थानको समेत व्यवस्था गरिएको छ । “आफूसँग भएको नगद र बैंकबाट ऋणस्वरुप लिएको करिब रु तीन करोड खर्च भइसक्यो”, उहाँले भन्नुभयो, “अझै कति खर्च हुन्छ, लेखाजोखा छैन ।”
सञ्चालक ढुङ्गानाले पार्कमा स्विमिङ पुल, रिसोर्ट, फुटसलसमेत बनाउने तयारी रहेको जानकारी दिनुभयो । पार्कमा प्रत्येक वर्ष ‘लिची फेस्टिबल’ गरिँदै आएको छ । लिचीको बोटमा आफूखुसी टिपेर ताजा फल खान फेस्टिबलमा टाढादेखि पर्यटक आउने गर्छन् ।फेस्टिबलमा बच्चादेखि ज्येष्ठ नागरिकसम्मले रु १०० तिरेर आफैँ बोटमा टिपेर पेटभरि लिची खान पाइने व्यवस्था गरिएको हुन्छ ।
अमेरिकाको बोस्टनलगायतका स्थानमा घुम्न जाँदा त्यहाँ ‘एप्पल फेस्टिबल’मा सहभागी भएको अनुभवका आधारमा आफूले यस्तो प्रयास गत वर्षदेखि सुरु गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार बगानमा यतिबेला बम्बई, मुजफ्फरपुर, कलकत्तिया, मेकिलन आदि जातका लिची छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments