
झापामा चाेरी बढेपछि व्यवसायीद्वारा सुरक्षा माग
- श्रावण २५, २०७९ मा प्रकाशित
झापा । झापा उद्योग वाणिज्य सङ्घले शान्ति–सुरक्षा माग गर्दै भद्रपुर नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । नगर क्षेत्रमा चोरीको घटना बढेको भन्दै शान्ति–सुरक्षाको माग गर्दै सङ्घले आज नगरपालिकामा ज्ञापनपत्र बुझाएको हो ।
सङ्घका उपाध्यक्ष सन्तोष धमलाको नेतृत्वमा नगरपालिका पुगेको उद्योगी–व्यवसायीको टोलीले नगरप्रमुख गणेश पोखरेललाई ज्ञापनपत्र बुझाएको हो । भद्रपुर क्षेत्रका व्यावसायिक प्रतिष्ठानहरूमा केही दिनयता चोरीका घटना बढ्दै गएकाले नगरपालिकामा सुरक्षाको माग गर्दै ज्ञापनपत्र बुझाइएको उपाध्यक्ष धमलाले बताउनुभयो ।
“दिउँसै चोरीका घटना भइरहेका छन्”, उहाँले भन्नुभयो, “स्थानीय सरकारलाई सुरक्षा माग गर्दै ज्ञापनपत्र बुझाएका हौँ ।” नगरमा सुरक्षा व्यवस्था मजबुत बनाएर भयरहित वातावरणमा उद्योग–व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन सङ्घले आग्रह गरेको छ ।
ज्ञापनपत्र बुझ्दै नगरप्रमुख पोखरेलले भद्रपुर बजारमा चोरीका घटना बढिरहेकाले नयाँ रणनीति बनाएर सुरक्षा व्यवस्था कडा बनाउन पहल गर्ने बताउनुभयो । नगर क्षेत्रमा पर्याप्त सीसी क्यामेरा नभएको भन्दै नगरप्रमुख पोखरेलले भन्नुभयो, “सीसी क्यामेरा जडानका लागि हामी काम थाल्छौँ, त्यसमा सङ्घलाई पनि सहयोग गर्न आग्रह गर्छु ।”नगरमा बुझाइएको ज्ञापनपत्र जिल्ला प्रहरी कार्यालय झापा र जिल्ला प्रशासन कार्यालय झापामा भोलि बुझाइने सङ्घले जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments