
झापामा घाँस काट्न गएका जेठाजूको हत्या आरोपमा बुहारी पक्राउ
- पुष १०, २०७९ मा प्रकाशित
झापा । झापाको शिबसताक्षी नगरपालिका–१० टेक्रामा एक पुरुषको हत्या गरेको आरोपमा प्रहरीले महिलालाई पक्राउ गरेको छ । कनकाई नदीको पूर्वी तटीय क्षेत्रको कासघाँरीमा बिहीबार कन्काई नगरपालिका–४ बस्ने वर्ष ५५ को पदमलाल बाँस्तोलाको शव फेला परेको थियो । अनुसन्धानका लागि प्रहरीले उनकै भाईबुहारी रनमायालाई पक्राउ गरेको हो ।
उनीहरूको घर र कनकाईको काँसघारी ५ सय मिटरको दुरीमा छ । उनीहरुसँगै घाँस काट्न गएका थिए । घाँस काट्ने क्रममा जेठाजूले जवरजस्तीकरणी गर्ने प्रयास गरेपछि आफूले प्रतिकार गरेको उनले प्रहरीसमक्ष बयान दिएकी छन् ।
मृतकको टाउको र अनुहारमा घरेलु हतियार प्रयोग भएको थियाे । प्रहरीले हत्या गर्न प्रयोग गरेको हँसिया समेत बरामद गरेको छ। पक्राउ परेकी महिलाले जबरजस्ती करणी गर्ने प्रयास गरेपछि हत्या गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments