
झापामा एमाले तीन, कांग्रेस र राप्रपा एक/एक क्षेत्रमा विजयी
- मंसिर १०, २०७९ मा प्रकाशित
झापा । पाँच वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको झापामा तीन वटा क्षेत्रमा नेकपा (एमाले)ले जितेको छ भने नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी एक÷एक क्षेत्रमा निर्वाचित भएका छन् ।
एमाले क्षेत्र नं २, ४ र ५ मा विजयी भएको छ । क्षेत्र नं २ मा एमालेका देवराज घिमिरे, क्षेत्र नं ४ मा लालबहादुर (एलपी) साँवा र क्षेत्र नं ५ मा पार्टी अध्यक्ष केपी शर्मा ओली विजयी बन्नुभएको हो ।
एमाले प्रदेश इञ्चार्ज घिमिरे यसअघि राष्ट्रियसभा सदस्य बन्नुभएको थियो । उहाँले यसपटक स्वतन्त्र उम्मेदवार स्वागत नेपाललाई पछि पार्दै विजयी हुनुभएको हो । क्षेत्र नं ४ का एलपी साँवाले २०७९ को निर्वाचनमा कांग्रेसका जिल्ला अध्यक्ष देउमान थेबेलाई पराजित गर्दै विजयी बन्नुभएको हो ।
एमाले अध्यक्ष ओली यो पटकसहित छ पटक निर्वाचित भइसक्नुभएको छ । उहाँले २०४८ सालमा नेपाली कांग्रेसका केशवकुमार बुढाथोकीलाई, २०५१ सालमा कांग्रेसकै पूर्णानन्द दाहाललाई, २०५६ मा कांग्रेसका काशीलाल ताजपुरियालाई, २०७० कांग्रेसकै सुरेश सुब्बालाई, २०७४ र २०७९ सालमा कांग्रेस नेता खगेन्द्र अधिकारीलाई पराजित गर्दै विजयी बन्नुभएको हो ।
निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित हुनुभएको छ ।
कांग्रेसका शर्माको यो पहिलो संसद् यात्रा हो भने लिङ्देन, घिमिरे, साँवाको दोस्रो र एमाले अध्यक्ष ओलीको छैटौँ यात्रा हो । विश्वप्रकाश शर्माले एमालेका स्थायी कमिटी सदस्य अग्नी खरेललाई पराजित गर्नुभयो । शर्मा २०७० सालको निर्वाचनमा एमाले नेता रविन कोइराला र २०७४ सालमा नेकपा माओवादीका नेता सुरेन्द्रकुमार (राम) कार्कीसँग पराजित हुनुभएको थियो । तर तेस्रो पटकको प्रयासमा उहाँले अत्यधिक मतका साथ विजयी हुनुभएको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पहिलोपटक २०७४ सालको निर्वाचनमा निर्वाचित भएर संसद्को यात्रा तय गर्नुभएको थियो । एमालेसँगको तालमेलका कारण उहाँले दुवैपटक कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई पराजित गर्नुभयो ।-

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments